११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

नेवार समाज तुल्सीपुरले घण्टाकर्ण अर्थात् गठेमंगल पर्व लाखे नाच आजबाट सुरु

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९

(तुफानबाबु श्रेष्ठ)

दाङ । तुलसीपुर प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठेमंगल अर्थात् घण्टाकर्ण पर्व मंगलबार नेवार समाज तुलसीपुरले बिरेन्द्रचोक तुलसीपुरमा मनाएको छ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार विशेषगरी नेवार समुदायले मनाउँने गर्छन्।
परापूर्वकालदेखि मनाइँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा किरा नलाग्ने विश्वास रहेको बताईन्छ ।
यसैगरी बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ । गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाह्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई देशै भरका नेवार समुदायले महत्वपूर्ण मान्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज आक्रमणको जाहेरी परेको केही समयमै *बाँके प्रहरी*ले सक्रियता देखाएर आरोपीलाई पक्राउ गरेको छ। प्रहरीको तीव्र कारबाहीले घटनामा संलग्न व्यक्तिलाई तुरुन्त नियन्त्रणमा लिन सफल भएको हो। सांघातिक आक्रमणको कारण र पीडितको अवस्थाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। बाँके प्रहरीले यस्ता हिंसात्मक घटनामा शून्य सहनशीलताको नीति अपनाउँदै आएको छ।

काठमाडौं । भारतको बिहार राज्यका मनोज कुमार यादव घर्संदै नेपाल आइपुगेका छन् । धार्मिक आस्था र संकल्पका साथ यात्रा सुरु गरेका यादव आइतबार, जेठ १० गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर पुग्न सफल भएका हुन् । भारतबाट नेपालसम्मको यात्रा शरीर घर्संदै पूरा गरेका यादवलाइ यो कठिन यात्रा पूरा गर्न पुरै ६ महिना २२ दिन लागेको उनले बताए […]

*वास्तवमा के भएको हो:* *राजीनामा*: सुधन गुरुङले २ अप्रिल २०२६ मा गृह मन्त्रीबाट राजीनामा दिएका थिए। शेयर कारोबार र विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धको विषयमा प्रश्न उठेपछि उनले निष्पक्ष छानबिनका लागि आफैं राजीनामा दिएका थिए। – *हालको अवस्था*: राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री बालेन शाह आफैंले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। – *छानबिन समिति*: तिमीले भनेको […]

error: Content is protected !!