३० जेठ २०८२, शुक्रबार
13-06-2025 , Fri
×

बिरगंजमा एटिएम फोर्दै गरेको अवस्थामा २ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९


ABC (क्राईमबिट)
पर्सा । वीरगंज महानगरपालिका-८ स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा जितपुरसिमरा उपमहानगरपालिका-५ ठेगाना भएका २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिका ठेगाना भएका २७ वर्षीय राजकपुर चौधरी रहेका छन् । उक्त बैंकको एटिएम मेसिन फुटाउँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । शरीरको रक्षा गर्नमा खनिजको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यस्तै शरीरका कोषहरूको वृद्धि विकास र राम्रोसँग कार्यसञ्चालनको लागि क्याल्सियम, फस्फोरस, आयोडिन, फलाम आदि खनिज पदार्थहरू आवश्यक पर्छन्। क. क्याल्सियमका कार्यहरू – रगत जम्ने प्रक्रियामा सहयोग गर्छ। – हात तथा दाँतको विकासमा यसको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। – मांसपेशीय तन्तुहरू तथा स्नायु तन्तुहरूको काममा सहयोग गर्छ। […]

काठमाडौं । हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई फेरि पक्राउ गरिने भएको छ । उनीहरू बयानका लागि उपस्थित नभएपछि अदालतले पक्राउ पुर्जीको प्रक्रिया अघि बढाएको हो । आजै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी हुने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले नेपाल प्रेसलाई बताए । गत […]

  काठमाडौं । नयाँदिल्ली बम राखिएको धम्की आएपछि फ्लाइट नम्बर एआई–३७९ नम्बरको विमानलाई सुरक्षित रूपमा फुकेटमै आपतकालीन अवतरण गरिएको हो । विमानमा १५६ यात्रु सवार रहेका थिए । अवतरणलगत्तै यात्रुहरूलाई विमानको आपतकालीन गेटबाट  सुरक्षित रूपमा ओरालिएको थियो । बमको धम्की विमानको शौचालयमा फेला परेको कागजमा लेखिएको सन्देश मार्फत दिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विमानले […]

error: Content is protected !!