०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

IGP सिंहको कडा निर्देशनमा महिलामाथि एसिड हान्ने प्र्यान्क भिडियो बनाउने १ जना युट्युवर पक्राउ

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९

ABC (क्राईमबिट)

काठमाडौं । नेपाल प्रहरीका प्रहरी
महानिरीक्षक आईजिपी धिरज प्रताप सिंहलाई जानकारी दिएको १ घन्टा भित्र कडा निर्देशनमा युट्युवर प्रदिप भुसाल भनिने पूर्णचन्द्र भुसाललाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । साइवर ब्यूरोबाट खटिएको टोलीले साउन ९ गते कावासोती नवलपरासीबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट साउन १० गते दिन ७ म्याद थप अनुमती अनुसन्धान थालेको छ ।
युट्युवर भुसालले ‘बदमास केटा’ नामक युट्युव च्यानल सञ्चालन गरी बाटोमा हिँडिरहेकी महिलाको साथमा भएको पैसा, मोवाइल, गर गहना दिनुस् नदिएमा एसिड हानिदिन्छु भन्दै एक महिलालाई आतंकित बनाएको प्रहरीको भनाइ छ । उनले महिलामाथि अति सम्वेदनसिल बस्तु एसिड जस्तो घातक पदार्थ प्रयोग गर्छु भनी समाजमा नकारात्मक सन्देश फैलाउने खालको भिडियो बनाई पोष्ट र अपलोड गरेका थिए ।

नवलपरासी साबिक देउराउली गाविस वडा नम्बर ४ वतन भइ हाल नवलपरासी बर्दाघाट सुस्ता पूर्व, हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी टोल बस्ने २६ वर्षका भुसाललाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भई जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वको सहयोगमा ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको साईवर ब्यूरोका उप–निर्देशक प्रहरी उपरीक्षक पशुपति कुमार रायले जनाएका छन् । युट्युवर भुसालमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!