२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

IGP सिंहको कडा निर्देशनमा महिलामाथि एसिड हान्ने प्र्यान्क भिडियो बनाउने १ जना युट्युवर पक्राउ

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९

ABC (क्राईमबिट)

काठमाडौं । नेपाल प्रहरीका प्रहरी
महानिरीक्षक आईजिपी धिरज प्रताप सिंहलाई जानकारी दिएको १ घन्टा भित्र कडा निर्देशनमा युट्युवर प्रदिप भुसाल भनिने पूर्णचन्द्र भुसाललाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । साइवर ब्यूरोबाट खटिएको टोलीले साउन ९ गते कावासोती नवलपरासीबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट साउन १० गते दिन ७ म्याद थप अनुमती अनुसन्धान थालेको छ ।
युट्युवर भुसालले ‘बदमास केटा’ नामक युट्युव च्यानल सञ्चालन गरी बाटोमा हिँडिरहेकी महिलाको साथमा भएको पैसा, मोवाइल, गर गहना दिनुस् नदिएमा एसिड हानिदिन्छु भन्दै एक महिलालाई आतंकित बनाएको प्रहरीको भनाइ छ । उनले महिलामाथि अति सम्वेदनसिल बस्तु एसिड जस्तो घातक पदार्थ प्रयोग गर्छु भनी समाजमा नकारात्मक सन्देश फैलाउने खालको भिडियो बनाई पोष्ट र अपलोड गरेका थिए ।

नवलपरासी साबिक देउराउली गाविस वडा नम्बर ४ वतन भइ हाल नवलपरासी बर्दाघाट सुस्ता पूर्व, हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी टोल बस्ने २६ वर्षका भुसाललाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भई जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वको सहयोगमा ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको साईवर ब्यूरोका उप–निर्देशक प्रहरी उपरीक्षक पशुपति कुमार रायले जनाएका छन् । युट्युवर भुसालमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!