२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

इप्रका तुल्सीपुर प्रहरीले होटलमा बन्धक बनाइएका युवकको उद्धार ६ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९


ABC (क्राईमबिट)
दाङ । तुलसीपुर सल्यान रोडमा रहेको युवम होटेलमा बन्धक बनाइएका एक युवकको प्रहरीले उद्धार गरेको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुृरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्याललेका नेतृत्वमा गएको १५ जनाको प्रहरी टोलिले दैलेखको चामुन्डाबिन्द्रसैनी नगरपालिका–३ बस्ने बर्ष २७ को केशव कुमार बिकको उद्धार गरेको हो ।

दाङका युवाहरुले बुटवलमा बोलाएर एक महिलासंग होटलमा भेट गराए लगत्तै युवकलाई अपहरण गरेर तुलसीपुर ल्याईपु¥याएका थिए । ७ लाख रुपैयाँ नदिए ज्यान मार्ने धम्कि दिएर युवकलाई होटेलमा बन्धक बनाएर राखेको खबर पाए लगत्तै प्रहरीले दिउँसो साढे चार बजे होटलमा छापा मारेको थियो । तुलसीपुर प्रहरीलाई दैलेखबाट पिडितकी श्रीमतीले खबर गरेको प्रहरीले बताएको छ ।

यसैबिच घटनामा संलग्न रहेको आरोमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका – ४ निबासी ३५ बर्षका लिला बिक, सोही ठाउँ निबासी ३५ बर्षका नेव बहादुर घर्ती ९मार्शल० , तुलसीपुर उपमहानगरपालिका– ४ खाद्रे निबासी २५बर्षका सुक्लाल बिक, कपिलवस्तुको शिवराज नगरपालिका– ९ निबासी २० बर्षका २० का मनोज थारु, बागमति प्रदेश ०१–०२५च८७२९ नं। को गाडी चालक ।प्युठानको गौमुखि गाउँपालिका–७ घरभई हाल तुलसीपुर उपमहानगरपालिका–।६ निबासी २४ बर्षका जनक कुँवर र तुलसीपुर उपमहानगरपालिका–७ निबासी २६ बर्षकी निर्मला बिक रहेका छन् ।

निर्मला बिकले काठमान्डौबाट दैलेखका लागि बसमा चढेका केशवलाई सम्पर्क गरेर बुटवलमा ओरालेको डिएसपी अर्यालले बताउनुभयो । पिडित केशवसंग सुकलाल र मनोजको रोजगारीका क्रममा साउदीमा चिनजान भएको थियो । मार्शल र लिलाको योजनामा निर्मला सहित बुटवल पुगेका उनिहरुले केशवलाई बुटवलमा ओरालेर कुटपिट पश्चात मंगलबार बिहान २ बजे युवम् होटलमा ल्याई पु¥याएका थिए । पक्राउ परेका सबैलाई प्रहरीले अपहरण तथा शरिर बन्धक शिर्षक मुद्दा चलाउने तयारी गरेको छ ।

प्रहरीका अनुसार मार्शल र लिला बिकले बाहिर बाहिर लेनदेनको मुद्दा मिलाएर चर्को पैसा असुल्ने धन्दा गर्दछन् । केहि समय अघि पनि लेनदेनको मुद्दा मिलाउने भन्दै एक व्यक्तिकलाई कुटपिट पश्चात बन्धक बनाएर राखेको उजुरी परेपछि पक्राउ गरेर मुद्दा चलाएको डिएसपी अर्यालले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]