०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

बाँके एसपी अधिकारी र डिएसपी मल्लको ठुलो सफलता गडरिया दम्पतीको हत्यारा पक्राउ

Logo
प्रकाशित बुधबार, साउन ११, २०७९


ABC (क्राईमबिट)
बाँके । कोहलपुर १४ पार्वतीपुरमा विहान मृत भेटिएका दम्पतीको हत्या भएको खुलेको छ । २५ वर्षीय श्रीमान कृष्णकुमार गडरिया र २३ वर्षीया श्रीमती अञ्जली गडरियाको कृष्णका दाई–भाउजुले मान्छे लगाएर दम्पतीको हत्या गरेको खुलेको हो ।
हत्या भएको करिब ८ देखि १० घण्टाको समयमा हत्यामा संलग्न ब्यक्तिहरुको पहिचन गर्न सफ भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख श्यामकृष्ण अधिकारीले बताए ।

इलाका प्रहरी कार्यालय कोहलपुरले बिहीबार अपरान्ह पत्रकार सम्मेलन गरेर कृष्णका दाई विजय र भाउजु रेखाले भारतबाट दुई जना कन्ट्र्याक किलरलाई बोलाएर हत्या गराएको जानकारी दिएको छ ।

उनीहरुको हत्या गर्न भारतबाट ५०/५० हजार रुपैयाँ दिएर दुई जनालाई बोलाइएको थियो । गएराति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्लले बताए । दुई जनाको हत्या हुँदा माथिल्लो तलामा विजय र रेखा रहेको भनिए पनि हत्या हुँदा विजय तल नै रहेको प्रहरीको भनाई छ ।

कृष्ण र अञ्जलीको शब भेटिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा शंकास्पद अवस्थामा बसेका सहोदर दाई विजयलाई नियन्त्रण लिई सोधपुछ गरेको थियो ।

विजयले प्रहरीलाई विगत केही महिना अगाडि अञ्जलीले श्रीमान र ससुरालाई घरायसी विषयमा उक्साएर आफूलाई कुटपिट गर्न लगाएका कारण सुपारी रकम दिएर बुहारीलाई मार्न लगाएको बयान दिएका छन् । अञ्जलीलाई मात्र मार्न भनी सुपारी दिएपनि भाईको पनि हत्या भएको उनले स्विकारेका छन् ।

पत्रकार सम्मेलनमा बाँकेका डिएसपी मधुसूदन न्यौपाने लगायतको सहभागीता रहेको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरको यो ठ्लो सफलता हो । यो भन्दा पहिला पनि कुटपिट गरि सडकमा फालिएका युवाको उपचारका क्रममा मृत्यु भएको थियो । सो घटनामा संलग्न व्यक्तिहरुलाई डिएसपी मल्लको टोलीले केहि घण्टामा नै पक्राउ गर्न सफल भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!