२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मन्त्रिपरिषद्ले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त

Logo
प्रकाशित बुधबार, साउन ११, २०७९

(ABC-Sanchar)
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ । भुवनले नियुक्तिको पत्र बुझ्दैछन् । केसीले बोर्ड अध्यक्ष बन्न गरेको दोस्रो प्रयासमा सफलता हात पारेका हुन् । यस अगाडि उनले नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा पनि बोर्ड अध्यक्षका लागि पहल गरेका थिए । उक्त पहल असफल भएपछि एमाले छोडेर काँग्रेस प्रवेश गरेका उनले सुरुमै महत्त्वपूर्ण जिम्मेवारी हासिल गरेका छन् ।

भुवन बोर्डको अध्यक्षमा नियुक्त भएको समाचार बाहिर आएपछि सामाजिक सञ्जालमा भने उनको चर्को आलोचना हुन थालेको छ । ‘मिटू’ का आरोपीलाई सरकारले बोर्ड अध्यक्ष जिम्मेवारी दिएको भन्दै आलोचना भइरहेको हो ।

भुवनको नियुक्ति प्रति व्यङ्ग्य गर्दै पत्रकार ध्रुव लम्सालले सामाजिक सञ्जालमा लेखका छन्, ‘सरकारले भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । फिल्म उद्योगमा क्रान्ति नै गर्ने हो भने अब पल शाह र पूजा शर्मालाई बोर्ड सदस्य नियुक्त गर्दै साम्राज्ञी शाह माथि कारबाही गर्नुपर्छ । भुवन केसी जस्ता चरित्रवान् मानिसमाथि औँला उठाउने ?’

त्यस्तै ट्वीटरे मेयर नामक अर्को प्रयोगकर्ताले पनि खिल्ली उठाउँदै लेखेका छन्, ‘चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त रे ! अब कुनै चलचित्रलाई सेन्सरले रोक्दैन होला ।’

एक्लो यात्री नामका अर्का सामाजिक प्रयोगकर्ताले पनि भुवनलाई यौन दुर्व्यवहारको आरोपी भन्दै उनीबाट केही आस नगरेको बताएका छन् । उनले लेखेका छन्, ‘यौन दुर्व्यवहारको आरोप लागेका भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएछन् । यसैका लागि उनी काँग्रेस प्रवेश गरेको कुरा लुकाएर लुक्दैन । म उनीबाट कुनै अपेक्षा राख्दिनँ ।’

प्रेम लोप्चन नामक सामाजिक प्रयोगकर्ताले लेखेका छन्, ‘ भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त हुनु भएछ । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहलाई यौन हिंसा गरेको आरोपमा अदालतमा विचाराधीन मुद्दा अझै छ ।’ उनले एनजीओ र आईएनजीओले भुवनको ‘मिटू’ को विषयमा नबोलेकोमा आक्रोश समेत पोखेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!