३० चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

मन्त्रिपरिषद्ले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त

Logo
प्रकाशित बुधबार, साउन ११, २०७९

(ABC-Sanchar)
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ । भुवनले नियुक्तिको पत्र बुझ्दैछन् । केसीले बोर्ड अध्यक्ष बन्न गरेको दोस्रो प्रयासमा सफलता हात पारेका हुन् । यस अगाडि उनले नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा पनि बोर्ड अध्यक्षका लागि पहल गरेका थिए । उक्त पहल असफल भएपछि एमाले छोडेर काँग्रेस प्रवेश गरेका उनले सुरुमै महत्त्वपूर्ण जिम्मेवारी हासिल गरेका छन् ।

भुवन बोर्डको अध्यक्षमा नियुक्त भएको समाचार बाहिर आएपछि सामाजिक सञ्जालमा भने उनको चर्को आलोचना हुन थालेको छ । ‘मिटू’ का आरोपीलाई सरकारले बोर्ड अध्यक्ष जिम्मेवारी दिएको भन्दै आलोचना भइरहेको हो ।

भुवनको नियुक्ति प्रति व्यङ्ग्य गर्दै पत्रकार ध्रुव लम्सालले सामाजिक सञ्जालमा लेखका छन्, ‘सरकारले भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । फिल्म उद्योगमा क्रान्ति नै गर्ने हो भने अब पल शाह र पूजा शर्मालाई बोर्ड सदस्य नियुक्त गर्दै साम्राज्ञी शाह माथि कारबाही गर्नुपर्छ । भुवन केसी जस्ता चरित्रवान् मानिसमाथि औँला उठाउने ?’

त्यस्तै ट्वीटरे मेयर नामक अर्को प्रयोगकर्ताले पनि खिल्ली उठाउँदै लेखेका छन्, ‘चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त रे ! अब कुनै चलचित्रलाई सेन्सरले रोक्दैन होला ।’

एक्लो यात्री नामका अर्का सामाजिक प्रयोगकर्ताले पनि भुवनलाई यौन दुर्व्यवहारको आरोपी भन्दै उनीबाट केही आस नगरेको बताएका छन् । उनले लेखेका छन्, ‘यौन दुर्व्यवहारको आरोप लागेका भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएछन् । यसैका लागि उनी काँग्रेस प्रवेश गरेको कुरा लुकाएर लुक्दैन । म उनीबाट कुनै अपेक्षा राख्दिनँ ।’

प्रेम लोप्चन नामक सामाजिक प्रयोगकर्ताले लेखेका छन्, ‘ भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त हुनु भएछ । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहलाई यौन हिंसा गरेको आरोपमा अदालतमा विचाराधीन मुद्दा अझै छ ।’ उनले एनजीओ र आईएनजीओले भुवनको ‘मिटू’ को विषयमा नबोलेकोमा आक्रोश समेत पोखेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । प्रहरीले तौलिहवा बजारमा स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ बरामद गरेको छ। घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा शिवा पटवा भन्ने आशिष कुमार रहेको बताइएको छ। उनलाई शिवराज नगरपालिका-५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्दै गर्दा पक्राउ गरिएको हो । प्रहरीले बरामद गरेको रकमको स्रोत खुलेको छैन। प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा चैत्र ३० गते सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ समापन भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ खेलकुद प्रतियोगिता चैत्र २४ गतेदेखि सुरु भएको थियो, जसमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न बाहिनी मुख्यालयका खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा फुटबल,भलिबल, एथ्लेटिक्स र कबड्डी गरी खेलहरु समावेश गरिएको थियो। विभिन्न […]

डोल्पा । जिल्लाको ठूलीभेरी नगरपालिका-६ काँडातालीमा सोमबार बिहान सडक विस्तारको काम गरिरहेको क्रिस एन्ड क्रस्टिना निर्माण सेवा मुड्केचुलाको डोजर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । डोजर पल्टिँदा काँडातालीका ४५ वर्षीय सिद्दी बुढा र ४२ वर्षीय सुद्दसिंह बूढाको घरको माथिल्लो तला पूर्ण रूपमा भत्किएको छ भने तल्लो तलामा समेत चर्किएको […]

error: Content is protected !!