२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कर्णालीमा दुर्घटना रोक्न टाइम कार्ड लागु प्रदेश ट्राफिक प्रमुख एसपी : तिवारी

Logo
प्रकाशित बिहिबार, साउन १२, २०७९


ABC (क्राईमबिट)
सुर्खेत । त्यसका लागि प्रदेश ट्राफिक कार्यालयले कार्ययोजना तयार पारिरहेको छ । दुर्घटनाको उच्च जोखिममा रहेका सडक खण्डहरूमा तत्काल टाइम कार्ड लागु गरिने कर्णाली प्रदेश ट्राफिक प्रमुख एसपी भुवनेश्वर तिवारीले बताए ।

विशेषगरी कर्णाली राजमार्गमा दैनिकजसो सवारी दुर्घटना हुने गरेका छन् । साँघुरो र खाल्डै–खाल्डाले जीर्ण राजमार्गको अहिलेसम्म स्तरोन्नती हुन सकिरहेको छैन । जसका कारण सवारी साधनहरु दुर्घटनामा पर्ने गरेका छन् ।

टाइम कार्ड लागु गरेपछि अनियन्त्रित रुपमा हुइँकिने र दुर्घटनामा कमी आउने विश्वास ट्राफिक प्रहरीले लिएको छ । प्रहरी एसपी तिवारी भन्छन्,‘ जहाँ–जहाँ दुर्घटनाको उच्च जोखिम छ त्यहाँ तत्काल टाइम कार्ड लागु हुन्छ । सुर्खेत–दैलेख सडक खण्डमा भने यसअघि टाइम कार्ड लागु भइसकेको अबस्था छ ।’

यस्तो सिस्टम लागु भएपछि सार्वजनिक सवारी साधनको गति नियन्त्रणमा आउने र दुर्घटनामा कमी आउने अपेक्षा हामीले लिएका छौं,’उनले भने ।

प्रदेश ट्राफिक कार्यालयले प्रस्तुत गर्ने वार्षिक विवरण अनुसार कर्णालीमा बर्षेनी सयौं नागरिकहरुले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । ट्राफिक कार्यालयले उपलब्ध गराएको विवरण अनुसार विगत तीन आर्थिक बर्षमा कर्णालीमा सडक दुर्घटनामा परी ३९२ जनाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७६–०७७ देखि ०७८–०७९ मा प्रदेश भर ४०२ वटा सवारी साधनहरु दुर्घटनामा परेका छन् । जसमा आव २०७८–०७९ मा १८० जनाले ज्यान गुमाएका छन्, भने ३६२ जना गम्भीर घाइते भएका छन् ।

यस्तै आव ०७६–०७७ मा ९७ जनाको ज्यान गएको छ भने आव ०७७–०७८ मा ९८ जनाले सडक दुर्घटनामा परी ज्यान गुमाएको ट्राफिकसँग तथ्याङ्क छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!