०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

कर्णालीमा दुर्घटना रोक्न टाइम कार्ड लागु प्रदेश ट्राफिक प्रमुख एसपी : तिवारी

Logo
प्रकाशित बिहिबार, साउन १२, २०७९


ABC (क्राईमबिट)
सुर्खेत । त्यसका लागि प्रदेश ट्राफिक कार्यालयले कार्ययोजना तयार पारिरहेको छ । दुर्घटनाको उच्च जोखिममा रहेका सडक खण्डहरूमा तत्काल टाइम कार्ड लागु गरिने कर्णाली प्रदेश ट्राफिक प्रमुख एसपी भुवनेश्वर तिवारीले बताए ।

विशेषगरी कर्णाली राजमार्गमा दैनिकजसो सवारी दुर्घटना हुने गरेका छन् । साँघुरो र खाल्डै–खाल्डाले जीर्ण राजमार्गको अहिलेसम्म स्तरोन्नती हुन सकिरहेको छैन । जसका कारण सवारी साधनहरु दुर्घटनामा पर्ने गरेका छन् ।

टाइम कार्ड लागु गरेपछि अनियन्त्रित रुपमा हुइँकिने र दुर्घटनामा कमी आउने विश्वास ट्राफिक प्रहरीले लिएको छ । प्रहरी एसपी तिवारी भन्छन्,‘ जहाँ–जहाँ दुर्घटनाको उच्च जोखिम छ त्यहाँ तत्काल टाइम कार्ड लागु हुन्छ । सुर्खेत–दैलेख सडक खण्डमा भने यसअघि टाइम कार्ड लागु भइसकेको अबस्था छ ।’

यस्तो सिस्टम लागु भएपछि सार्वजनिक सवारी साधनको गति नियन्त्रणमा आउने र दुर्घटनामा कमी आउने अपेक्षा हामीले लिएका छौं,’उनले भने ।

प्रदेश ट्राफिक कार्यालयले प्रस्तुत गर्ने वार्षिक विवरण अनुसार कर्णालीमा बर्षेनी सयौं नागरिकहरुले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । ट्राफिक कार्यालयले उपलब्ध गराएको विवरण अनुसार विगत तीन आर्थिक बर्षमा कर्णालीमा सडक दुर्घटनामा परी ३९२ जनाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७६–०७७ देखि ०७८–०७९ मा प्रदेश भर ४०२ वटा सवारी साधनहरु दुर्घटनामा परेका छन् । जसमा आव २०७८–०७९ मा १८० जनाले ज्यान गुमाएका छन्, भने ३६२ जना गम्भीर घाइते भएका छन् ।

यस्तै आव ०७६–०७७ मा ९७ जनाको ज्यान गएको छ भने आव ०७७–०७८ मा ९८ जनाले सडक दुर्घटनामा परी ज्यान गुमाएको ट्राफिकसँग तथ्याङ्क छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

दाङ : नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै […]

error: Content is protected !!