०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

हिरासतकी महिलालाई जबर्जस्ती गर्ने असई विरूद्ध बलात्कार मुद्दा दर्ता असई पक्राउ

Logo
प्रकाशित शनिबार, साउन १४, २०७९

 

ABC (क्राईमबिट)

बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईं बिरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ।

जिल्ला प्रहरी बाँके प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेका अनुसार शनिबार पीडित महिला आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा आएर असई चौलागाईं बिरूद्ध बलात्कार मुद्दा दिएकी हुन्।

‘पीडितले असईं चौलागाईं बिरूद्ध दिएको जाहेरी दर्ता भएको छ । डिएसपी न्यौंपानेले भने अब कानुन अनुसार कारबाहीको प्रक्रिया सुरु हुने छ।’

साउन ११ गते बहुबिवाह मुद्दामा पक्राउपछि इप्रका कोहलपुरको हिरासतमा राखिएकी एक महिलालाई शुक्रबार बिहान २ बजे (मध्यराति) निकाल्न लगाएर असईं चौलागाईंले आफ्नो कोठमामा पुर्‍याई यौंन दुर्व्यवहार तथा बलात्कार गरेको आरोप पछि पक्राउ परेका थिए।

चौलागाईंले डिउटीका प्रहरीलाई भनेर ती महिलालाई मध्यरातमा निकालेर सोधपुछको वहानामा भवनको माथिल्लो तलमा रहेको आफ्नो कोठामा लगेका थिए। त्यो सबै नियालीरहेका हिरासतका अन्य व्यक्तिले मध्यरातमै होहल्ला गर्दै घटनाको बिरोध गरेका थिए।

थुुनुवा कक्षमा ब्यापक होहल्ला भएपछि ती महिलालाई असईं चौलागाईंले फर्काएको इप्रका कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिएका थिए।

असईं चौलागाईंलाई थुनामा राखेर घटना अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

हिरासतमा रहेकी महिलालाई मध्यरातमा आफ्नो कोठामा ल्याएपछि कोहलपुरका असई पक्राउ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!