२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

हिरासतकी महिलालाई जबर्जस्ती गर्ने असई विरूद्ध बलात्कार मुद्दा दर्ता असई पक्राउ

Logo
प्रकाशित शनिबार, साउन १४, २०७९

 

ABC (क्राईमबिट)

बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईं बिरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ।

जिल्ला प्रहरी बाँके प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेका अनुसार शनिबार पीडित महिला आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा आएर असई चौलागाईं बिरूद्ध बलात्कार मुद्दा दिएकी हुन्।

‘पीडितले असईं चौलागाईं बिरूद्ध दिएको जाहेरी दर्ता भएको छ । डिएसपी न्यौंपानेले भने अब कानुन अनुसार कारबाहीको प्रक्रिया सुरु हुने छ।’

साउन ११ गते बहुबिवाह मुद्दामा पक्राउपछि इप्रका कोहलपुरको हिरासतमा राखिएकी एक महिलालाई शुक्रबार बिहान २ बजे (मध्यराति) निकाल्न लगाएर असईं चौलागाईंले आफ्नो कोठमामा पुर्‍याई यौंन दुर्व्यवहार तथा बलात्कार गरेको आरोप पछि पक्राउ परेका थिए।

चौलागाईंले डिउटीका प्रहरीलाई भनेर ती महिलालाई मध्यरातमा निकालेर सोधपुछको वहानामा भवनको माथिल्लो तलमा रहेको आफ्नो कोठामा लगेका थिए। त्यो सबै नियालीरहेका हिरासतका अन्य व्यक्तिले मध्यरातमै होहल्ला गर्दै घटनाको बिरोध गरेका थिए।

थुुनुवा कक्षमा ब्यापक होहल्ला भएपछि ती महिलालाई असईं चौलागाईंले फर्काएको इप्रका कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिएका थिए।

असईं चौलागाईंलाई थुनामा राखेर घटना अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

हिरासतमा रहेकी महिलालाई मध्यरातमा आफ्नो कोठामा ल्याएपछि कोहलपुरका असई पक्राउ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!