२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न

Logo
प्रकाशित आइतबार, साउन १५, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुशुम लता सिंहको प्रमुख आतिथ्यमा सोही संघको ३८औं वार्षिक साधारणसभा भृकुटीमण्डपमा आइतबार आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको छ ।

सो अवसरमा संघकी अध्यक्ष श्रीमती सिंहले संघलाई आउँदा दिनहरूमा स्तरोन्नति गरी अझ प्रभावकारी बनाई उत्कृष्ट संस्थाको रुपमा विकास गर्न संस्था सम्बद्ध सबैले मन, वचन र कर्मले काम गर्नुपर्ने बताइन् । संघलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सक्षम संस्थाको रुपमा स्थापित गर्न सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रसँग समन्वय गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन् ।

संघकी अध्यक्ष श्रीमती सिंहले सम्पूर्ण प्रहरी कर्मचारीका परिवारहरूको साझा चौतारीको रूपमा रहेको संघलाई आगामी दिनमा समयसापेक्ष बनाउँदै लैजानुपर्ने उल्लेख गरिन् । विगतमा भएका कार्यहरूको विश्लेषण गरी नयाँ नीति तथा कार्यक्रम बनाई संघको उद्देश्य परिपूर्तिका लागि सबै पदाधिकारीहरूको सहयोग प्राप्त हुने विश्वास उनले व्यक्त गरिन् ।

कार्यक्रममा सोही संघकी महासचिव श्रीमती सुनम पोखरेल उपाध्यायले संघको कार्य प्रगति तथा वार्षिक गतिविधि विवरण प्रस्तुत गर्दै संघले विभिन्न संघसंस्थासँग हालै गरेको सम्झौता अनुरुप ती संस्थाबाट प्राप्त हुने सेवा सम्बन्धमा जानकारी दिइन् । साथै संघकी कोषाध्यक्ष श्रीमती अनुश्री पाख्रिनले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक आय-व्यय र आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय-व्ययको विवरण प्रस्तुत गरेकि थिइन् ।

कार्यक्रममा उपस्थित संघका पदाधिकारीहरू तथा सदस्यहरूबीच संघको काम कारवाही, आगामी योजना तर्जुमा लगायत विभिन्न विषयमा अन्तरक्रिया समेत भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!