२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न

Logo
प्रकाशित आइतबार, साउन १५, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुशुम लता सिंहको प्रमुख आतिथ्यमा सोही संघको ३८औं वार्षिक साधारणसभा भृकुटीमण्डपमा आइतबार आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको छ ।

सो अवसरमा संघकी अध्यक्ष श्रीमती सिंहले संघलाई आउँदा दिनहरूमा स्तरोन्नति गरी अझ प्रभावकारी बनाई उत्कृष्ट संस्थाको रुपमा विकास गर्न संस्था सम्बद्ध सबैले मन, वचन र कर्मले काम गर्नुपर्ने बताइन् । संघलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सक्षम संस्थाको रुपमा स्थापित गर्न सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रसँग समन्वय गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन् ।

संघकी अध्यक्ष श्रीमती सिंहले सम्पूर्ण प्रहरी कर्मचारीका परिवारहरूको साझा चौतारीको रूपमा रहेको संघलाई आगामी दिनमा समयसापेक्ष बनाउँदै लैजानुपर्ने उल्लेख गरिन् । विगतमा भएका कार्यहरूको विश्लेषण गरी नयाँ नीति तथा कार्यक्रम बनाई संघको उद्देश्य परिपूर्तिका लागि सबै पदाधिकारीहरूको सहयोग प्राप्त हुने विश्वास उनले व्यक्त गरिन् ।

कार्यक्रममा सोही संघकी महासचिव श्रीमती सुनम पोखरेल उपाध्यायले संघको कार्य प्रगति तथा वार्षिक गतिविधि विवरण प्रस्तुत गर्दै संघले विभिन्न संघसंस्थासँग हालै गरेको सम्झौता अनुरुप ती संस्थाबाट प्राप्त हुने सेवा सम्बन्धमा जानकारी दिइन् । साथै संघकी कोषाध्यक्ष श्रीमती अनुश्री पाख्रिनले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक आय-व्यय र आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय-व्ययको विवरण प्रस्तुत गरेकि थिइन् ।

कार्यक्रममा उपस्थित संघका पदाधिकारीहरू तथा सदस्यहरूबीच संघको काम कारवाही, आगामी योजना तर्जुमा लगायत विभिन्न विषयमा अन्तरक्रिया समेत भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका सातै प्रदेशमा बदली भई ती प्रदेशका विभिन्न जिल्लामा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पश्चिम नेपालबाट सुरु भएको वर्षा पूर्वी नेपालसम्म फैलिएको छ। वर्षाका कारण चिसो बढेको छ भने कतैकतै जनजीवन प्रभावित भएको छ। उच्च पहाडी तथा हिमाली […]

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

error: Content is protected !!