प्रकशित मिति : १५ श्रावण २०७९, आईतवार २१:४२


(ABC-Sanchar)
काठमाडौँ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले भोलि सोमबारदेखि आन्दोलन गर्ने भएको छ ।

देशभरका पेट्रोलियम ढुवानी व्यवसायीले भाडा समायोजनको माग राख्दै आन्दोलन घोषणा गरेका हुन् ।

महासङ्घको साउन ६ गते बसेको बैठकले १५ गतेसम्म ढुवानी भाडा वृद्धि गर्न माग गरेको थियो । तर, आजसम्म माग पूरा नभएपछि भोलिदेखि हवाई इन्धन ढुवानी गर्ने ट्याङ्करले देशभर पीडीओ नलिने र लोड नगर्ने भएका छन् ।

त्यस्तै २० गतेबाट राज्यभरका सम्पूर्ण पेट्रोलियम ढुवानी ट्याङ्करले पीडीओ नलिने र लोड गर्नेछैन ।

२१ गतेबाट सबै ट्याङ्करले लोड र अनलोड नगर्ने महासङ्घले निर्णय गरेको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com