२५ माघ २०८१, शुक्रबार
07-02-2025 , Fri
×

ज्यान मार्ने धम्की पछी बलिउड अभिनेता सलमान खानलाई बन्दुक राख्न अनुमति

Logo
प्रकाशित मंगलबार, साउन १७, २०७९

(ABC-Sanchar)
काठमाडौँ । मुम्बई पुलिसले बलिउड अभिनेता सलमान खानलाई बन्दुक राख्न अनुमति पत्र (लाइसेन्स) जारी गरेको छ।​

सलमानले गुण्डागर्दी गर्नेहरूको ज्यान मार्ने धम्की उल्लेख गर्दै प्रतिरोधका लागि बन्दुक राख्न अनुमति पाउनका लागि आवेदन दिएका थिए।

लरेन्स बिश्नोई र गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएपछि प्रहरीले ती अभिनेताको सुरक्षा बढाएको थियो। सलमानले हालै मुम्बई पुलिस आयुक्त विवेक फंसालकर र संयुक्त प्रहरी आयुक्त विश्वास नाङ्गे पाटिलसँग भेटवार्ता गरेका थिए।

सलमानको आवेदनका आधारमा प्रहरीले उनलाई बन्दुकको लाइसेन्स जारी गरेको अधिकारीले बताए। सलमान र उनका पिता सलिम खानलाई मार्ने धम्की दिने गुमनाम पत्र पाएपछि जून महिनामा पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता भएको थियो।

मुम्बई प्रहरीको एक टोलीले यस मुद्दाको सम्बन्धमा दिल्लीमा बिश्नोईलाई केरकार गरेको ती अधिकारीले बताए।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रेस काउन्सिल नेपालले झापाको ‘अमला काण्ड’ घटनालाई अतिरञ्जित प्रस्तुत गर्ने ३८ युट्युब च्यानललाई कारबाहीको दायरामा ल्याएको छ। काउन्सिलले यस्ता च्यानलहरूले सत्यतथ्य पुष्टि नगरी, पीडित र आरोपितका संवेदनशील तस्वीर र भिडियो सार्वजनिक गर्दै चरित्रहत्या गर्ने सामग्री प्रसारण गरेको जनाएको छ। च्यानलहरूले पत्रकार आचारसंहिता, महिला र जेष्ठ नागरिकका लागि निर्देशिका र गोपनीयता ऐन उल्लङ्घन गरेको […]

  काठमाडौं । नेपाल प्रहरीले सुदिन श्रेष्ठ समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गम बहादुर पौडेल भएको बैकिङ कसुर मुद्दामा फरार रहेका जि.चितवन, भरतपुर म.न.पा.वडा नं.०५ सुन्दरवस्ती घर भई हाल जि.ललितपुर, ललितपुर म.न.पा.वडा नं.१० धापाखेल बस्ने वर्ष ४४ को गम बहादुर पौडेललाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।२१ गते जि.भक्तपुर, मध्यपुर ठिमी न.पा.वडा नं.०३ […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसंग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयको रानीहलमा सम्पन्न कार्यक्रममा संचारकर्मीहरुद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयले आगामी दिनहरुमा चाल्नसक्ने पहल कदमीको सम्बन्धमा राय, सुझाब तथा सल्लाह व्यक्त गर्नु भएको थियो । अन्तर्क्रिया चरण पश्चात संचारकर्मीहरुद्वारा राखिएका जिज्ञासाको […]

error: Content is protected !!