२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

अन्डरग्राउण्ड पार्किङमा सटर व्यापार हटाउन मेयर बालेन शाहको निर्देशन..

Logo
प्रकाशित मंगलबार, साउन १७, २०७९


(ABC-Sanchar)
काठमाडौँ । महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नयाँबानेश्वर क्षेत्रको फुटपाथ अवलोकन गरेका छन् । यसअघि फुटपाथमा गरिएका व्यापार हटाएका उनले आज बिहान त्यसको प्रगतिबारे अवलोकन गरेका हुन् ।

स्थानीय घर धनी र व्यापारीहरूको सहयोग लिएर मेयर साहले फुटपाथको अवस्थाबारे अवलोकन गरेको नयाँबानेश्वर व्यापार व्यवसायी सङ्घका अध्यक्ष नवीन लुइँटेलले जानकारी दिए ।

मेयर शाहले अन्डरग्राउण्ड पार्किङमा पनि सटर राखेर गरिएका व्यापार समेत हटाउन निर्देशन दिएका छन् । मेयर साहको निर्देशन अनुसार अहिले महानगर प्रहरी र कर्मचारीहरूले काम गरिरहेका छन् ।

नयाँबानेश्वर व्यापार व्यवसायी सङ्घका अध्यक्ष लुइँटेलका अनुसार बानेश्वर क्षेत्रमा करिब २२ वटा भवनमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर संरचना बनाइएको छ ।

यसअघि काठमाडौं महानगरपालिकाले सूचना नै निकालेर अन्डरग्राउण्ड पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग नगर्न आग्रह गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!