
(ABC-Sanchar)
काठमाडौं । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई ६ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले पक्राउ गरेको छ । पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटेलबाट उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।