२५ माघ २०८१, शुक्रबार
07-02-2025 , Fri
×

सरकारी मोटरसाईकलको चरम दुरुपयोग मसाज पार्लर छिरेका अधिकृत पक्राउ

Logo
प्रकाशित मंगलबार, साउन १७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । ललितपुर प्रहरीले सरकारी मोटरसाइकल लिएर मसाज पार्लर पुगेका एक अधिकृतलाई पक्राउ गरेको छ । नुवाकोटको शिवपुरी गाउँपालिकाका एक अधिकृतलाई ललितपुर प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको हो ।

नुवाकोटको शिवपुरी नगरपालिकामा कार्यरत आठौं तहका अधिकृतलाई ललितपुर प्रहरीले बागमती प्रदेश ०२–००१ ब ३८१८ नम्बरको सरकारी मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी अंगुर जिसीका अनुसार स्थानीयले खबर गरेपछि प्रहरी मसाज पार्लरमा पुगेर मोटरसाइकलसहित ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।

सरकारी सवारीसाधनको दुरुपयोग भएको भन्ने सूचना आएपछि प्रहरी मसाज पार्लर पुगेर सवारीसाधनसहित मानिसलाई नियन्त्रणमा लिएको ललितपुर प्रहरीले जनाएको छ । अहिले नियन्त्रणमा लिइएका सवारीसाधन र मानिसको बारेमा बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

सरकारी सवारीसाधनको दुरुपयोग बढेको भन्दै प्रहरीले त्यस्ता सवारी साधनमाथि निगरानी बढाएको थियो । सोही क्रममा सोमबार अपरान्ह २ः३० बजे बखुण्डोलमा रहेको गोल्डेन डोर सफ्ट स्पा एण्ड ब्यूटीमा पुगेका सरकारी कर्मचारीलाई प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

बखुण्डोलका स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले अपरान्ह ४ः ३० बजे मोटरसाइकलसहित मानिसलाई नियन्त्रणमा लिएको हो । अब यस विषयमा नुवाकोटको शिवपुरी नगरपालिकासँग बुझेर पत्र लेखेपछि के गर्ने भन्ने सम्बन्धमा निर्णय लिने प्रहरीले जनाएको छ ।

उक्त मोटरसाइकल आफ्नै कार्यालयको नाममा रहेको भन्दै कुन कर्मचारीले प्रयोग गरिरहेको छ बुझ्नुपर्ने शिवपुरी नगरपालिका नुवाकोटका प्रमुख गोविन्द प्रसाद थपलियाले बताए ।

कार्यालय समयमा सरकारी मोटरसाइकल लिएर मसाज पार्लरमा पुग्नु गलत भएको भन्दै सरकारी सवारीसाधनको दुरुपयोग गर्नेलाई नियमानुसार कारवाही गर्ने थपलियाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रेस काउन्सिल नेपालले झापाको ‘अमला काण्ड’ घटनालाई अतिरञ्जित प्रस्तुत गर्ने ३८ युट्युब च्यानललाई कारबाहीको दायरामा ल्याएको छ। काउन्सिलले यस्ता च्यानलहरूले सत्यतथ्य पुष्टि नगरी, पीडित र आरोपितका संवेदनशील तस्वीर र भिडियो सार्वजनिक गर्दै चरित्रहत्या गर्ने सामग्री प्रसारण गरेको जनाएको छ। च्यानलहरूले पत्रकार आचारसंहिता, महिला र जेष्ठ नागरिकका लागि निर्देशिका र गोपनीयता ऐन उल्लङ्घन गरेको […]

  काठमाडौं । नेपाल प्रहरीले सुदिन श्रेष्ठ समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गम बहादुर पौडेल भएको बैकिङ कसुर मुद्दामा फरार रहेका जि.चितवन, भरतपुर म.न.पा.वडा नं.०५ सुन्दरवस्ती घर भई हाल जि.ललितपुर, ललितपुर म.न.पा.वडा नं.१० धापाखेल बस्ने वर्ष ४४ को गम बहादुर पौडेललाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।२१ गते जि.भक्तपुर, मध्यपुर ठिमी न.पा.वडा नं.०३ […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसंग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयको रानीहलमा सम्पन्न कार्यक्रममा संचारकर्मीहरुद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयले आगामी दिनहरुमा चाल्नसक्ने पहल कदमीको सम्बन्धमा राय, सुझाब तथा सल्लाह व्यक्त गर्नु भएको थियो । अन्तर्क्रिया चरण पश्चात संचारकर्मीहरुद्वारा राखिएका जिज्ञासाको […]

error: Content is protected !!