०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

निर्दोषलाई फसाएको आरोपमा एसपी कँडेलमाथि छानबिन डिआईजी : राई

Logo
प्रकाशित बिहिबार, साउन १९, २०७९

ABC (क्राईमबिट)
नवलपरासी । पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेलमाथि निर्दोष व्यक्तिलाई फसाएको आरोप लागेको छ । दुई भारतीय नागरिकलाई सुनियोजित रूपमा लागुऔाषधको झुटो मुद्दा लगाई फसाएको आरोपमा कँडेलमाथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ ।

कँडेलमाथि पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तासँगको मिलेमतोमा निर्दोष भारतीय नागरिक फसाएको आरोप लागेको हो ।

गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो । उनीहरूसँग दुई सय ७० सेट डाइजेपाम, नुर्फिन र फेनारगन लागुऔषध बरामद भएको प्रहरीले प्रेस रिलिजमा जनाएको थियो ।

पक्राउ परेका दुवै युवक २६ दिनदेखि प्रहरी हिरासतमा छन् । पीडितका परिवारले नक्कली मुद्दामा फसाइएको भन्दै निष्पक्ष छानबिनका लागि विभिन्न निकायमा आग्रह गरेपछि यसमा पुनः छानबिन सुरु भएको हो ।

निर्दाेषलार्ई फसाइएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले जिल्लामा विशेष टोली पठाएर छानबिन थालेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए । प्रहरी प्रधान कार्यालयका साथै लुम्बिनी प्रदेश प्रहरी कार्यालयले पनि घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको उनले बताए ।

पक्राउ परेका भारतीय नागरिक रामा कवाडीको व्यापारमा आबद्ध व्यक्ति रहेका बुझिएको छ । प्रहरीका अनुसार नेपाल बस्दै आएका उनी र पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुबीच विगतमा व्यावसायिक सहकार्य थियो । पछिल्लो समय बैजुले आफूसँग व्यापार नगरे फसाइदिने धम्की रामालाई दिँदै आएका थिए ।

पछिल्लो समय एक युवकले कवाडीका सामान सस्तोमा दिने भन्दै रामालाई पटकपटक फोन गरेका थिए । त्यसैका लागि उनी मोटरसाइकलमा रामग्राम नगरपालिकाको पिपरहिया पुगेका थिए । बेलुकाको समयमा लामो समय कुर्दा पनि नआएपछि उनीहरू फर्कँदै थिए र फेरि बोलाइएको थियो । जहाँ भेट्न बोलाइएको थियो, त्यहाँ लागुऔषध राखेर तत्कालै प्रहरी बोलाएर पक्राउ गरिएको थियो । प्रहरीलाई पहिले नै तयारी अवस्थामा राखिएको बुझिएको छ ।

गुप्तालाई भेट्न बोलाउने व्यक्ति रघुनाथ धोबी थिए । पूर्वप्रहरी धोबी पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसादका सहयोगी हुन् । गाउँपालिकाका अध्यक्षले नै उनलाई त्यसरी त्यो काममा खटाएको र प्रहरीलाई आफ्नो प्रभावमा पारेको स्रोतको दाबी छ ।

छानबिनमा आबद्ध एक प्रहरी अधिकारीका अनुसार गाउँपालिका अध्यक्ष गुप्ता र एसपी ऋषिराम कँडेलबीच विगतदेखि नै निकटतम सम्बन्ध देखिन्छ । त्यही सम्बन्धलाई दुरुपयोग गरी दुई भारतीयलाई लागुऔषध मुद्दामा फसाउने प्रयास भएको ती प्रहरी अधिकारीले बताए ।

तर, पश्चिम नवलपरासीका एसपी कँडेलले भने घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरे । ‘दुई जना भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेर हिरासतमा लिएका छौं उनले भने, ‘उनीहरूका विषयमा अनुसन्धान भइरहेको छ । उनीहरूलाई मेरोसमेत संलग्नतामा सुनियोजित रूपमा फसाइएको भन्नेमा कुनै सत्यता छैन । ’

यता यसै विषयमा बुझ्न गाउँपालिका अध्यक्ष बैजुलाई सम्पर्क गर्दा उनका एक आफन्तले फोन उठाए । गाउँपालिका अध्यक्ष बैजुका ती आफन्तले बैजु अस्वस्थताका कारण अस्पतालमा रहेको बताए । फर्दाफासबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा बिहिवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मेस,व्यारेक, विभिन्न शाखाहरु, मेट्रो ट्राफिक एफ.एम.को कार्यालय परिसर तथा अन्य भैतिक पुर्वाधारको निरीक्षण पश्चात काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक […]

नेसपा नयाँ शक्तिको मत गणना जारी अध्यक्ष पदमा भट्टराई र चापागाईंबीच प्रतिस्पर्धा काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा खसेको मत गणना जारी छ माघ २९ गते राति मतगणना सकिएको थियो। बुधबारदेखि मतगणना सुरू भए पनि अहिलेसम्म सकिएको छैन। पहिले केन्द्रीय सदस्यहरू र त्यसपछि पदाधिकारीका लागि खसेको मतगणना गरिएको हो। अध्यक्ष पदमा […]

  काठमाडौं । प्रहरी स्रोतका अनुसार आईजीपी कुँवरले अवकाश अघि नै बिदामा बस्ने इच्छा देखाएका छन्। उनी सम्भव भए एक महिनाअघि नै बिदा बस्न चाहन्छन्। तर, उनले बिदा पाउने सम्भावना न्यून छ। यदि उनले बिदा लिन चाहेमा सरकारले एक महिनाअघि नै कामु आईजीपी चयन गर्नुपर्ने हुन्छ।प्रहरी नियमअनुसार आईजीपीकै ब्याचका अधिकारीलाई निमित्त दिएर आईजीपीलाई बिदामा पठाउने सम्भावना कम देखिन्छ। ५ चैतमा को बन्नेछन् नेपाल […]

error: Content is protected !!