२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

निर्दोषलाई फसाएको आरोपमा एसपी कँडेलमाथि छानबिन डिआईजी : राई

Logo
प्रकाशित बिहिबार, साउन १९, २०७९

ABC (क्राईमबिट)
नवलपरासी । पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेलमाथि निर्दोष व्यक्तिलाई फसाएको आरोप लागेको छ । दुई भारतीय नागरिकलाई सुनियोजित रूपमा लागुऔाषधको झुटो मुद्दा लगाई फसाएको आरोपमा कँडेलमाथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ ।

कँडेलमाथि पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तासँगको मिलेमतोमा निर्दोष भारतीय नागरिक फसाएको आरोप लागेको हो ।

गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो । उनीहरूसँग दुई सय ७० सेट डाइजेपाम, नुर्फिन र फेनारगन लागुऔषध बरामद भएको प्रहरीले प्रेस रिलिजमा जनाएको थियो ।

पक्राउ परेका दुवै युवक २६ दिनदेखि प्रहरी हिरासतमा छन् । पीडितका परिवारले नक्कली मुद्दामा फसाइएको भन्दै निष्पक्ष छानबिनका लागि विभिन्न निकायमा आग्रह गरेपछि यसमा पुनः छानबिन सुरु भएको हो ।

निर्दाेषलार्ई फसाइएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले जिल्लामा विशेष टोली पठाएर छानबिन थालेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए । प्रहरी प्रधान कार्यालयका साथै लुम्बिनी प्रदेश प्रहरी कार्यालयले पनि घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको उनले बताए ।

पक्राउ परेका भारतीय नागरिक रामा कवाडीको व्यापारमा आबद्ध व्यक्ति रहेका बुझिएको छ । प्रहरीका अनुसार नेपाल बस्दै आएका उनी र पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुबीच विगतमा व्यावसायिक सहकार्य थियो । पछिल्लो समय बैजुले आफूसँग व्यापार नगरे फसाइदिने धम्की रामालाई दिँदै आएका थिए ।

पछिल्लो समय एक युवकले कवाडीका सामान सस्तोमा दिने भन्दै रामालाई पटकपटक फोन गरेका थिए । त्यसैका लागि उनी मोटरसाइकलमा रामग्राम नगरपालिकाको पिपरहिया पुगेका थिए । बेलुकाको समयमा लामो समय कुर्दा पनि नआएपछि उनीहरू फर्कँदै थिए र फेरि बोलाइएको थियो । जहाँ भेट्न बोलाइएको थियो, त्यहाँ लागुऔषध राखेर तत्कालै प्रहरी बोलाएर पक्राउ गरिएको थियो । प्रहरीलाई पहिले नै तयारी अवस्थामा राखिएको बुझिएको छ ।

गुप्तालाई भेट्न बोलाउने व्यक्ति रघुनाथ धोबी थिए । पूर्वप्रहरी धोबी पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसादका सहयोगी हुन् । गाउँपालिकाका अध्यक्षले नै उनलाई त्यसरी त्यो काममा खटाएको र प्रहरीलाई आफ्नो प्रभावमा पारेको स्रोतको दाबी छ ।

छानबिनमा आबद्ध एक प्रहरी अधिकारीका अनुसार गाउँपालिका अध्यक्ष गुप्ता र एसपी ऋषिराम कँडेलबीच विगतदेखि नै निकटतम सम्बन्ध देखिन्छ । त्यही सम्बन्धलाई दुरुपयोग गरी दुई भारतीयलाई लागुऔषध मुद्दामा फसाउने प्रयास भएको ती प्रहरी अधिकारीले बताए ।

तर, पश्चिम नवलपरासीका एसपी कँडेलले भने घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरे । ‘दुई जना भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेर हिरासतमा लिएका छौं उनले भने, ‘उनीहरूका विषयमा अनुसन्धान भइरहेको छ । उनीहरूलाई मेरोसमेत संलग्नतामा सुनियोजित रूपमा फसाइएको भन्नेमा कुनै सत्यता छैन । ’

यता यसै विषयमा बुझ्न गाउँपालिका अध्यक्ष बैजुलाई सम्पर्क गर्दा उनका एक आफन्तले फोन उठाए । गाउँपालिका अध्यक्ष बैजुका ती आफन्तले बैजु अस्वस्थताका कारण अस्पतालमा रहेको बताए । फर्दाफासबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

error: Content is protected !!