०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

बाघको छाला सहित ४ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन २०, २०७९

ABC (“क्राईमबिट)
धनगढी । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया तर्फ अवैध बाघको छाला ओसार पसार भइरहेको सूचनाको आधारमा आरआईटी र इलाका प्रहरी कार्यालय माला खेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई गोदावरीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डोटी जोरायल गाउँपालिका २ बस्ने समिर ओली,चुरे गाउँपालिका ६ बस्ने टेक बहादुर रावत, सोही ठाउँ बस्ने धिरेन्द्र रावत, र बैतडी डिलासैनी गाउँपालिका २ बस्ने राजेन्द्र सिह भण्डारी रहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ । उनीहरुको साथबाट टाउकोदेखि पुच्छर सम्म ४ फिट ७ ईन्च, पुच्छरको लम्बाइ ३ फिट २ ईन्च चौडाइ २ फिट २ ईन्च भएको बाघको छाला, प्लास्टिकको कट्ठा, हण्डी २ केजी बरामत गरेको प्रहरीले जाएको छ ।

गोदावरी नगरपालिका २ तेघरी खानेपानी टयाक्की नजिक सडकमा पुग्दा बुडरबाट धनगढी तर्फ आएको सुपप्र ०४-००१ च ०००६ बोलेरो जिपलाई नियन्त्रणमा लिई बाघको छाला हड्डी सहित सो ४ जनालाई पक्राउ गरेको हो । बाघको छाला हड्डी सहित रीत पूर्वक बरामद गरी सो ४ जनालाई ईलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा लिई जिल्ला बन कार्यालय कैलाली पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ घर भइ होटल चलाउँदै आएका ४५ वर्षीय गिनीलाल गुप्ता र भारतको बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर–६ घर भएका ४० वर्षीय जयप्रकाश साह छन् । उनीहरुलाई बिहीबार पर्सा प्रहरीले पक्राउ गरेको हो। महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा होटल स्मार्ट र न्यू शान्ति सैनिक होटलबाट गरी ४ जनाको उद्दार समेत […]

  काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका १ भवानीपुरस्थित सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

  काठमाडौं । विराटनगर महानगरपालिका ३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रा‍लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुमबाट गाडी चोरेर भागेका एक जना पक्राउ परेका हुन्। कोशी राजमार्गसँगै जोडिएको उक्त शोरूममा बिहीबार मध्यरातमा गाडी चोरेर एक व्यक्ती भागेका थिए । पक्राउ पर्नेमा गढी गाउँपालिका–४ घर भई विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिन रहेका […]

error: Content is protected !!