प्रकशित मिति : २० श्रावण २०७९, शुक्रबार १९:१०

ABC (क्राईमबिट)
काठमाडौं । हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाण्डौ आगमन भएका निम्न यात्रुहरुलाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट (Welcome Gate) बाट नियन्त्रणमा लिई चेकजाँच गर्दा निजहरुको साथबाट तपशिलमा उल्लेखित सामाग्रीहरु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको ।

जि. सल्यान कालिमाटी गा.पा.वडा नं. ३ स्थायी वतन भएका भुपेन्द्र घर्ती मगरको साथबाट सुनको बेरुवा औठी थान-१ को कुल तौल २५ ग्राम र iPhone थान-३ ।
जि.सिन्धुपाल्चोक ठुलोपाखर गा.पा.वडा नं. ८ स्थायी वतन भएका भिम बहादुर तामाङको साथबाट सुनको बेरुवा औठी थान-१ को कुल तौल २५ ग्राम र iPhone थान-३ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com