०२ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
×

कपिलवस्तुमा खसी-बाख्रा तस्करीमा बिजयनगर गाउँपालिकाकाे संरक्षण

Logo
प्रकाशित शुक्रबार, साउन २०, २०७९

(प्रीन्स मिश्रा)
कपिलवस्तु । जिल्लाकाे विजयनगर गाउँपालिकाले तस्करी भई भित्रिने खसी बाख्रा र तस्करसमेतलाई वैधानिकता दिदै आएकाे तथ्य खुलेकाे छ ।

कृष्णनगर भन्सार कार्यालयले शुक्रबार नियन्त्रणमा लिई लिलाम गरेकाे कुल १४५ गाेटा खसी बिक्री वितरणका लागि विजयनगर गाउंपालिकाले सिफारिस गरेकाे तथ्य बाहिर आएकाे छ ।

गाउँपालिकाकाे वडा ६ का अध्यक्ष प्रेम बहादुर कलवारले साेही वडाकाे ओमप्रकाश बाख्रा खरिद बिक्रि केन्द्र खजानी संकलन केन्द्रबाट विराज एण्ड विनित सप्लायर्स काठमाडाैंकाे नाममा बिक्रि भैसकेकाे र सम्बन्धित सबै निकायले आवश्यक सहजीकरण गरिदिन सिफारिस गरेका छन ।

ओमप्रकाश बाख्रा खरिद बिक्रि केन्द्रले ती १४५ गाेटा खसीलाई विराज एण्ड विनित सप्लायर्सका नाममा साउन १३ गतेकाे बिल नम्बर ३ काटेकाे छ जबकी वडाले एकदिन अगावै साउन १२ गते नै चलानी न २४ काे पत्रमा बिक्रि केन्द्र र सप्लायर्सकाे नाममा उल्लेख गरि सिफारिस गरिसकेकाे छ । बिक्रि केन्द्रले प्रयाेग गरेकाे पान बिलमै १७ लाख साढे ५४ हजारकाे भुक्तानी लिएकाे तथ्य शंकास्पद छ ।

त्यस्तै एकदिन अगावै वडाले पार्टीको नामसमेत उल्लेख गरि सिफारिस गरेपछि बिल काटिएकाे छ र पशुजन्य बस्तु बिक्रि वितरणका लागि सिफारिस वडाले भन्दा पशु शाखा र पशु क्वारेन्टाइनले गरे सान्दर्भिक हुन्थयाे जुनकी गाउँपालिकाकाे गल्ती देखाउंछ । तर गाउँपालिका प्रमुख गाेपाल बहादुर थापाले हामीले सिफारिस दिन मिल्दैन खसीवालाले कागज किर्ते गरेकाे हुनसक्ने बताए ।

त्यस्तै यदि सबै खसी गाउँपालिका कै उत्पादन भने भ्याटनेरि डाक्टर विजय घिमिरेले निराेगिता प्रमाणपत्र दिने आवश्यकता किन पर्याे ? तस्ता थुप्रै तथ्यले खसी तस्करी कै हुन र गाउँपालिकाले आफ्नाे उत्पादन देखाई तस्करलाई संरक्षण गरेकाे देखिन्छ ।

गाउँपालिकाकाे सिमा भारतकाे बार्डर छाेएकाले विभिन्न गाउँबाट खसी तस्करी व्यापक रुपमा भइरहेकाे छ। गाेप्य सुचनाका आधारमा कृष्णनगर भन्सार टाेलीले ट्रकसहित १४५ गाेटा खसी नियन्त्रणमा लिएकाे र कुल २४ लाख ६५ हजार मुल्य रकम ताेकेर लिलाम गर्ने प्रक्रिया गरिसकेको भन्सार प्रमुख जनार्दन पाैडलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक छलेर ल्याइएका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधीमा ४ करोड १० लाख २४ हजार ८ सय ८३ रुपैयाँ मूल्यको सामान बरामद गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले बताए ।  एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी […]

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

सुनसरीमा ठगीमा संलग्न व्यक्ति प्रहरीको मोटरसाइकल प्रयोग गर्दै हिँडेको खुलासा काठमाडौं । प्रहरीको मोटरसाइकल प्रयोग गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले घटनाको छानबिन सुरु गरेको छ र मोटरसाइकल कसरी विवादित व्यक्तिसम्म पुग्यो भन्ने प्रश्न उठेको छ। सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न […]

error: Content is protected !!