०१ फाल्गुण २०८१, बिहिबार
13-02-2025 , Thu
×

१ रुपैयाँ पनि घुस खाने कर्मचारीलाई कार्वाही हुन्छ अख्तियार प्रमुख : पौडेल

Logo
प्रकाशित सोमबार, साउन २३, २०७९

(सागर थापा)

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जका प्रमुख बिजयराज पौडेलले साना र ठूला मापन नगरी भ्रष्टाचारीलाई कारवाही गर्ने गरिएको बताए । १ रुपैयाँ घुस खाने र करोडौं रुपैयाँ सम्म खाने दुबै भ्रष्टाचारी भएकाले साना र ठूला मापन नगरी कारवाही गर्ने गरिएको नेपालगन्ज अख्तियार प्रमुख पौडेलले बताए ।

एबिसी संचारसंगको कुराकानीमा उनले भने १ रुपैयाँ घुस खाने भ्रष्टाचारी होस वा करोडौं खाने भ्रष्टाचारी आयोगको दृष्टिकोणमा भ्रष्टाचारी नै हो । हामी कसैलाई साना र ठूला मापन गरेर हेर्दैनौँ ।’’ प्रमुख पौडेलले अहिले घुस लिने मोडालिटी समेत भ्रष्टाचारीहरुले परिवर्तन गर्ने गरेको बताए । कतिपय स्टिङ अपरेशनका क्रममा छिमेकी मुलुक भारतमा गएर घुस बाफतको रकम लिने अर्काको खातामा रकम जम्मा गर्न लगाउने प्रवृति देखिएको उनले बताए ।

१ नम्बरमा स्थानीय तहमा खुल्लम खुल्ला भ्रष्टाचार बढेको उनले बताए । एउटा वडाध्यक्षले समेत करोडमा घुस लिने सूचनाहरु आयोेगसँग रहेको प्रमुख पौडेलको भनाई छ । उनले भने,अहिले एउटा वडाध्यक्षले करोडमा घुस लिने सूचनाहरु हामीसँग छ । त्यो करोड एउटा नागरिकले कहाँबाट प्राप्त गर्ला । कहिलेकाँही स्टिङ अपरशेनका क्रममा आयोग आफैले पैसा उपलब्ध गराउनुपर्ने अवस्था आउँछ । तर पछिल्लो समय घुसियाहरुको संगठनले स्टिङ अपरेशन चलाउनु हुँदैन भनेर सर्वोच्चमा मुद्दा हालेका छन् । देशका वरिष्ठ कानूनविदहरु अहिले त्यो मुद्दा लडिरहेका छन् । हामी फेस गरिरहेका छौँ ।’’

प्रमुख पौडेलले स्थानीय तहका जनप्रनिधिहरुको सम्पत्ति छानबिनमा आयोग सक्रिय रहेको बताए । उपभोक्ता समितिले ठेक्का लगाएर काम गराउने प्रवृतिले पनि भ्रष्टाचार बढाएको उनले बताए । स्काभेटर चालक इञ्जिनियर भएर उनीहरुले आफ्नै डिजाइनमा जहाँ पनि चलाउने गरेको उल्लेख गर्दै उनले भने, ‘‘दाजु वडाध्यक्ष हुने भाइ स्काभेटरको मालिक हुने र काम सुरु गरी हाल्ने प्रवृति छ । यस्तो अवस्था हुँदा समेत आयोग किन निर्मम ढंगले जान सकेन भन्ने प्रश्न उठ्ला ? अहिले स्थानीय तह प्रदेश कानून निर्माणको चरणमा पनि छन । यो संक्रमणकालको अवस्थामा निर्मम ढंगले जाँदा प्रणालीमाथि प्रश्न उठ्ने होकी भन्ने चिन्ता छ । तर यसको अर्थ भ्रष्टाचारसँग अख्तियार सम्झौत किमार्थ गर्दैन ।
अहिले पनि २ हजारबढी स्थानीय तहका विषयहरुमा अनुसन्धान भइरहेको छ ।’’

अख्तियारले सरकारलाई पटक पटक नितिगत निर्णयको व्याख्या गर्न आग्रह गर्दा पनि सम्बोधन हुन नसकेको बताए ।

भ्रष्टाचार अख्तियार एक्लैले नियन्त्रण गर्न सक्ने विषय नभएकाले सबैको एकिकृत र समन्वयात्मक प्रयत्न भए मात्रै न्यूनीकरण करण गर्न सकिन बताए । कसैले भ्रष्टाचारलाई निर्मुल पार्छु भन्ने दावी ग¥यो भने त्यो निरर्थक विषय भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा बिहिवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मेस,व्यारेक, विभिन्न शाखाहरु, मेट्रो ट्राफिक एफ.एम.को कार्यालय परिसर तथा अन्य भैतिक पुर्वाधारको निरीक्षण पश्चात काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक […]

नेसपा नयाँ शक्तिको मत गणना जारी अध्यक्ष पदमा भट्टराई र चापागाईंबीच प्रतिस्पर्धा काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा खसेको मत गणना जारी छ माघ २९ गते राति मतगणना सकिएको थियो। बुधबारदेखि मतगणना सुरू भए पनि अहिलेसम्म सकिएको छैन। पहिले केन्द्रीय सदस्यहरू र त्यसपछि पदाधिकारीका लागि खसेको मतगणना गरिएको हो। अध्यक्ष पदमा […]

  काठमाडौं । प्रहरी स्रोतका अनुसार आईजीपी कुँवरले अवकाश अघि नै बिदामा बस्ने इच्छा देखाएका छन्। उनी सम्भव भए एक महिनाअघि नै बिदा बस्न चाहन्छन्। तर, उनले बिदा पाउने सम्भावना न्यून छ। यदि उनले बिदा लिन चाहेमा सरकारले एक महिनाअघि नै कामु आईजीपी चयन गर्नुपर्ने हुन्छ।प्रहरी नियमअनुसार आईजीपीकै ब्याचका अधिकारीलाई निमित्त दिएर आईजीपीलाई बिदामा पठाउने सम्भावना कम देखिन्छ। ५ चैतमा को बन्नेछन् नेपाल […]

error: Content is protected !!