२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

१ रुपैयाँ पनि घुस खाने कर्मचारीलाई कार्वाही हुन्छ अख्तियार प्रमुख : पौडेल

Logo
प्रकाशित सोमबार, साउन २३, २०७९

(सागर थापा)

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जका प्रमुख बिजयराज पौडेलले साना र ठूला मापन नगरी भ्रष्टाचारीलाई कारवाही गर्ने गरिएको बताए । १ रुपैयाँ घुस खाने र करोडौं रुपैयाँ सम्म खाने दुबै भ्रष्टाचारी भएकाले साना र ठूला मापन नगरी कारवाही गर्ने गरिएको नेपालगन्ज अख्तियार प्रमुख पौडेलले बताए ।

एबिसी संचारसंगको कुराकानीमा उनले भने १ रुपैयाँ घुस खाने भ्रष्टाचारी होस वा करोडौं खाने भ्रष्टाचारी आयोगको दृष्टिकोणमा भ्रष्टाचारी नै हो । हामी कसैलाई साना र ठूला मापन गरेर हेर्दैनौँ ।’’ प्रमुख पौडेलले अहिले घुस लिने मोडालिटी समेत भ्रष्टाचारीहरुले परिवर्तन गर्ने गरेको बताए । कतिपय स्टिङ अपरेशनका क्रममा छिमेकी मुलुक भारतमा गएर घुस बाफतको रकम लिने अर्काको खातामा रकम जम्मा गर्न लगाउने प्रवृति देखिएको उनले बताए ।

१ नम्बरमा स्थानीय तहमा खुल्लम खुल्ला भ्रष्टाचार बढेको उनले बताए । एउटा वडाध्यक्षले समेत करोडमा घुस लिने सूचनाहरु आयोेगसँग रहेको प्रमुख पौडेलको भनाई छ । उनले भने,अहिले एउटा वडाध्यक्षले करोडमा घुस लिने सूचनाहरु हामीसँग छ । त्यो करोड एउटा नागरिकले कहाँबाट प्राप्त गर्ला । कहिलेकाँही स्टिङ अपरशेनका क्रममा आयोग आफैले पैसा उपलब्ध गराउनुपर्ने अवस्था आउँछ । तर पछिल्लो समय घुसियाहरुको संगठनले स्टिङ अपरेशन चलाउनु हुँदैन भनेर सर्वोच्चमा मुद्दा हालेका छन् । देशका वरिष्ठ कानूनविदहरु अहिले त्यो मुद्दा लडिरहेका छन् । हामी फेस गरिरहेका छौँ ।’’

प्रमुख पौडेलले स्थानीय तहका जनप्रनिधिहरुको सम्पत्ति छानबिनमा आयोग सक्रिय रहेको बताए । उपभोक्ता समितिले ठेक्का लगाएर काम गराउने प्रवृतिले पनि भ्रष्टाचार बढाएको उनले बताए । स्काभेटर चालक इञ्जिनियर भएर उनीहरुले आफ्नै डिजाइनमा जहाँ पनि चलाउने गरेको उल्लेख गर्दै उनले भने, ‘‘दाजु वडाध्यक्ष हुने भाइ स्काभेटरको मालिक हुने र काम सुरु गरी हाल्ने प्रवृति छ । यस्तो अवस्था हुँदा समेत आयोग किन निर्मम ढंगले जान सकेन भन्ने प्रश्न उठ्ला ? अहिले स्थानीय तह प्रदेश कानून निर्माणको चरणमा पनि छन । यो संक्रमणकालको अवस्थामा निर्मम ढंगले जाँदा प्रणालीमाथि प्रश्न उठ्ने होकी भन्ने चिन्ता छ । तर यसको अर्थ भ्रष्टाचारसँग अख्तियार सम्झौत किमार्थ गर्दैन ।
अहिले पनि २ हजारबढी स्थानीय तहका विषयहरुमा अनुसन्धान भइरहेको छ ।’’

अख्तियारले सरकारलाई पटक पटक नितिगत निर्णयको व्याख्या गर्न आग्रह गर्दा पनि सम्बोधन हुन नसकेको बताए ।

भ्रष्टाचार अख्तियार एक्लैले नियन्त्रण गर्न सक्ने विषय नभएकाले सबैको एकिकृत र समन्वयात्मक प्रयत्न भए मात्रै न्यूनीकरण करण गर्न सकिन बताए । कसैले भ्रष्टाचारलाई निर्मुल पार्छु भन्ने दावी ग¥यो भने त्यो निरर्थक विषय भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]