०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

बर्दियाको प्रहरी हिरासत कक्षबाटै फरार बलात्कार आरोपी खाँ सिमानाबाट पक्राउ

Logo
प्रकाशित सोमबार, साउन २३, २०७९

ABC (क्राईमबिट)
बर्दिया । ईलाका प्रहरी कार्यालय मोतिपुर, बर्दियाको हिरासत कक्षबाटै फरार थुनुवालाई बर्दिया प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

बलात्कार आरोपमा पक्राउ परेका २६ वर्षीय अब्दुल खाँ ईलाका प्रहरी कार्यालय मोतिपुर, बर्दियाबाट गत श्रावण ९ गते करिब १०:५५ बजे हिरासत कक्षबाटै फरार भएका थिए ।

बर्दिया प्रहरीले खाँको व्यापक खोजी कार्य जारी राखेको थियो ।

हिरासतबाटै फरार भएका बाँके जिल्ला खजुरा गाउँपालिका वडा नम्बर ८ बस्ने बलात्कार आरोपी अब्दुल खाँलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) हृदेश कुमार सापकोटाको कमान्डमा खटिएको प्रहरी टोलीले श्रावण २३ गते आज सोमबार करिब १२:१५ मा बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर २ को नेपाल भारत सिमा नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका (प्रवक्ता) प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य प्रकाश सुबेदीले जानकारी दिनुभयो ।

गत श्रावण ९ गते करिब १०:५५ बजे खाना खुवाउने समयमा ड्युटीमा रहेको सेन्ट्रीलाई झुक्काएर बलात्कार आरोपी खाँ भागेका थिए ।

बाँसगढी नगरपालिकाकी एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा खाँलाई गत असार २३ गते बाँके जिल्लाबाट बर्दिया प्रहरीले पक्राउ गरेको थियो ।

अब्दुल खाँलाई ईलाका प्रहरी कार्यालय मोतिपुरमा राखेर अनुसन्धान कार्य चलिरहेको थियो ।

प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुबेदीका अनुसार बलात्कार आरोपी खाँ हिरासतबाट भागेकाले जबर्जस्ती करणी मुद्दामा थप सजाय हुनसक्ने कानुनी प्रावधान रहेको जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा बिहिवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मेस,व्यारेक, विभिन्न शाखाहरु, मेट्रो ट्राफिक एफ.एम.को कार्यालय परिसर तथा अन्य भैतिक पुर्वाधारको निरीक्षण पश्चात काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक […]

नेसपा नयाँ शक्तिको मत गणना जारी अध्यक्ष पदमा भट्टराई र चापागाईंबीच प्रतिस्पर्धा काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा खसेको मत गणना जारी छ माघ २९ गते राति मतगणना सकिएको थियो। बुधबारदेखि मतगणना सुरू भए पनि अहिलेसम्म सकिएको छैन। पहिले केन्द्रीय सदस्यहरू र त्यसपछि पदाधिकारीका लागि खसेको मतगणना गरिएको हो। अध्यक्ष पदमा […]

  काठमाडौं । प्रहरी स्रोतका अनुसार आईजीपी कुँवरले अवकाश अघि नै बिदामा बस्ने इच्छा देखाएका छन्। उनी सम्भव भए एक महिनाअघि नै बिदा बस्न चाहन्छन्। तर, उनले बिदा पाउने सम्भावना न्यून छ। यदि उनले बिदा लिन चाहेमा सरकारले एक महिनाअघि नै कामु आईजीपी चयन गर्नुपर्ने हुन्छ।प्रहरी नियमअनुसार आईजीपीकै ब्याचका अधिकारीलाई निमित्त दिएर आईजीपीलाई बिदामा पठाउने सम्भावना कम देखिन्छ। ५ चैतमा को बन्नेछन् नेपाल […]

error: Content is protected !!