२७ माघ २०८१, आइतबार
09-02-2025 , Sun
×

नेपाल प्रहरीमा चरम राजनीतिक हस्तक्षेप बढुवाको ५ दिनसम्म डिएसपी पदस्थापन भएन ?

Logo
प्रकाशित सोमबार, साउन २३, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप र सरुवा–बढुवामा आर्थिक चलखेलले सीमा नाघेको छ । कतिसम्म भने बढुवा भएको पाँच दिनसम्म डिएसपीको पदस्थापन समेत हुन सकेको छैन ।

गत बिहीबार ३४ इन्सपेक्टरको बढुवाको निर्णय भएको थियो । शुक्रबार उनीहरुले दज्र्यान्ही चिन्ह समेत लगाइसकेका छन् । तर, जिम्मेवारी नपाउँदा दज्र्यान्ही चिन्ह लगाएर कार्यालय जान समेत पाएका छैनन् ।
विगतमा बढुवा भएकै दिन पदस्थापन हुन्थ्यो । नत्र दज्र्यान्ही चिन्ह लगाएको दिन पदस्थापन गरिन्थ्यो । तर, अहिले पाँच दिनसम्म पनि पदस्थापन नहुने अवस्था छ । स्रोतका अनुसार कांग्रेसका नेताहरुले आफु निकट डिएसपीलाई चुनावका लागि आफ्नो क्षेत्रमा लैजान खोजेका छन् । सोही दबाबका कारण पदस्थापन हुन नसकेको हो ।
डिएसपीको नियमित सरुवा पनि हुन सकेको छैन । सरुवा निकाल्न नसकेपछि पटक पटका काज निकालिएको छ । प्रधानमन्त्री तथा गृहमन्त्री निकट बिचौलियाको चलखेलले प्रहरी संगठन यस्तो अवस्थामा पुगेको हो ।दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पक्राउ पर्नेमा दिनेश सिग्देल र रमेश फुलारा रहेको छन् । उनीहरू दुवै जना अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत विद्यार्थी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध छन् । पक्राउ परेका सिग्देल अनेरास्ववियु अस्कल क्याम्पसका प्रारम्भिक कमिटी अध्यक्ष […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्दले प्रदेश अन्तर्गत रहेका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलाली, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलामा कार्यरत जिल्ला ट्राफिक प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन दिनु भएको छ । सोही क्रममा उहाँले जिल्लाहरुको ट्राफिक व्यवस्थापनको अवस्था […]

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जनमत पार्टीसँग चाँडै पार्टी एकता हुने संकेत गरेका छन् । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन उद्घाटन समारोहमा चौधरीले जनमत पार्टीसँग एकताबारे बोलेका हुन् । ‘जनमत पार्टी र हाम्रो पार्टीबीचको सकारात्मक सन्देश चाँडै पाउनु हुनेछ’, चौधरीले भनेका थिए । पार्टी […]

error: Content is protected !!