२५ माघ २०८१, शुक्रबार
07-02-2025 , Fri
×

बन्चरेडाँडा जाने सडकको कारण रोकियो एकतर्फी फोहोर बोकेर गाडी जान सक्ने

Logo
प्रकाशित मंगलबार, साउन २४, २०७९


(ABC-Sanchar)
काठमाडौं । सहरी विकास मन्त्रालय अन्तर्गत रहेको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल आयोजनाका प्रमुख रवीन्द्र बोहोराले आफूहरूको कारण बन्चरेडाँडा ल्याण्डफिल साइट जाने सडक अवरुद्ध नभएको बताएका छन् । उनले कठिन मानिएको सिसडोलमा एकतर्फी रूपमा फोहोर बोकेर गाडी जान सक्ने गरी व्यवस्था मिलाइएको कारण आयोजनाको कारण फोहोरका गाडी नरोकिएको बताएका हुन् ।

विगत २०७६ सालदेखि बन्चरेडाडाँमा ल्यान्डफिल साइट र कोल्पुखोला जलाधार क्षेत्रमा पूर्वाधारको निर्माणको गर्दै आएको बताउँदै उनले हाल तीनपिप्लेदेखि बन्चरेडाडाँसम्म सडक यातायातमा बाधा नपर्ने गरी काम भइरहेको बताए । ‘सडक स्तरउन्नतीको काम तीव्र गतिमा भइरहेको छ, सडकको कारण फोहर ढुवानी रोकिएको छैन,’ उनले भने ।

यसअघि आयोजनाले बन्चरेडाँडा ल्याण्डफिल साइट जाने सडक एक साता बन्द गरेर फोहोरको डगुर रहेको सिसडोल खण्डमा सडक स्तरोन्नतीको काम सम्पन्न गरेको थियो । सिसडोलमा खण्डमा हाल ग्याबिङ भरेर गाडी नफस्ने व्यवस्था मिलाइएको छ ।

आयोजनाले तीनपिप्ले हुँदै बन्चरडाँडा ल्याण्डफिल साइटसम्म जाने करिब साढे १२ किलोमिटर सडकको स्तरोन्नतीको काम अघि बढाएको छ । ठेक्का सम्झौता भएर असार पहिलो साताबाट स्तरउन्ततीको काम हुँदै आएको छ । बोहोराले भने, ‘सिसडोलमा फोहोर माथिबाट गाडी बन्चरेडाँडा ल्याण्डफिल साइट लैजानको लागि अहिले सिसडोलमा दुई सय मिटरमा ग्याबिङ भनेर वर्षाको समयमा पनि निर्बाध रूपमा गाडी गुड्न सक्ने गरी काम सम्पन्न गरेका छौं ।’ बन्चरेडाँडा जाने सडक ११ करोडमा लगानीमा स्तरउन्नती हुन लागेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रेस काउन्सिल नेपालले झापाको ‘अमला काण्ड’ घटनालाई अतिरञ्जित प्रस्तुत गर्ने ३८ युट्युब च्यानललाई कारबाहीको दायरामा ल्याएको छ। काउन्सिलले यस्ता च्यानलहरूले सत्यतथ्य पुष्टि नगरी, पीडित र आरोपितका संवेदनशील तस्वीर र भिडियो सार्वजनिक गर्दै चरित्रहत्या गर्ने सामग्री प्रसारण गरेको जनाएको छ। च्यानलहरूले पत्रकार आचारसंहिता, महिला र जेष्ठ नागरिकका लागि निर्देशिका र गोपनीयता ऐन उल्लङ्घन गरेको […]

  काठमाडौं । नेपाल प्रहरीले सुदिन श्रेष्ठ समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गम बहादुर पौडेल भएको बैकिङ कसुर मुद्दामा फरार रहेका जि.चितवन, भरतपुर म.न.पा.वडा नं.०५ सुन्दरवस्ती घर भई हाल जि.ललितपुर, ललितपुर म.न.पा.वडा नं.१० धापाखेल बस्ने वर्ष ४४ को गम बहादुर पौडेललाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।२१ गते जि.भक्तपुर, मध्यपुर ठिमी न.पा.वडा नं.०३ […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसंग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयको रानीहलमा सम्पन्न कार्यक्रममा संचारकर्मीहरुद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयले आगामी दिनहरुमा चाल्नसक्ने पहल कदमीको सम्बन्धमा राय, सुझाब तथा सल्लाह व्यक्त गर्नु भएको थियो । अन्तर्क्रिया चरण पश्चात संचारकर्मीहरुद्वारा राखिएका जिज्ञासाको […]

error: Content is protected !!