०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

सर्पले टोकेर दाईको मृत्यु अन्त्येष्टीमा जाँदा भाईको पनि सर्पले नै टोकेर मृत्यु

Logo
प्रकाशित मंगलबार, साउन २४, २०७९


(ABC-Sanchar)
काठमाडौं । भारतमा एक २२ वर्षे युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ।

आफ्ना ३८ वर्षे दाईको सर्पको टोकाइबाट मृत्यु भएपछि अन्तिम संस्कारका लागि पुगेका बेला उनको पनि सर्पकै टोकाइबाट मृत्यु भएको डेलीस्टारले जनाएको छ।

आफ्ना ३८ वर्षे दाई अरविन्द मिश्रको अन्त्येष्टीका लागि गोविन्द मिश्र बिहार गएका थिए। तर उनको पनि सो क्रममा सर्पले नै टोकेर मृत्यु भएपछि भवानीपुर गाउँका स्थानीयले यो घटनालाई ज्यादै दुःखद र दर्दनाक भनेका छन्।

गोविन्द आफ्ना साथी चन्द्रशेखर पाण्डेसँग अन्त्येष्टीका लागि गएका बेला गोविन्दसँगै चन्द्रशेखरलाई पनि सर्पले टोकेको थियो। यद्यपी उनको भने ज्यान जोगिएको छ।

तथ्यांकअनुसार भारतमा सर्पदंशका घटना ज्यादै दोहोरिन्छन्। हरेकवर्ष भारतमा ५० लाखलाई सर्पले टोक्ने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

जसमध्ये ८१ हजारदेखि १ लाख ३८ हजारले वर्षेनी ज्यान गुमाउँदै आएका छन्
एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा बिहिवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मेस,व्यारेक, विभिन्न शाखाहरु, मेट्रो ट्राफिक एफ.एम.को कार्यालय परिसर तथा अन्य भैतिक पुर्वाधारको निरीक्षण पश्चात काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक […]

नेसपा नयाँ शक्तिको मत गणना जारी अध्यक्ष पदमा भट्टराई र चापागाईंबीच प्रतिस्पर्धा काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा खसेको मत गणना जारी छ माघ २९ गते राति मतगणना सकिएको थियो। बुधबारदेखि मतगणना सुरू भए पनि अहिलेसम्म सकिएको छैन। पहिले केन्द्रीय सदस्यहरू र त्यसपछि पदाधिकारीका लागि खसेको मतगणना गरिएको हो। अध्यक्ष पदमा […]

  काठमाडौं । प्रहरी स्रोतका अनुसार आईजीपी कुँवरले अवकाश अघि नै बिदामा बस्ने इच्छा देखाएका छन्। उनी सम्भव भए एक महिनाअघि नै बिदा बस्न चाहन्छन्। तर, उनले बिदा पाउने सम्भावना न्यून छ। यदि उनले बिदा लिन चाहेमा सरकारले एक महिनाअघि नै कामु आईजीपी चयन गर्नुपर्ने हुन्छ।प्रहरी नियमअनुसार आईजीपीकै ब्याचका अधिकारीलाई निमित्त दिएर आईजीपीलाई बिदामा पठाउने सम्भावना कम देखिन्छ। ५ चैतमा को बन्नेछन् नेपाल […]

error: Content is protected !!