२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

सर्पले टोकेर दाईको मृत्यु अन्त्येष्टीमा जाँदा भाईको पनि सर्पले नै टोकेर मृत्यु

Logo
प्रकाशित मंगलबार, साउन २४, २०७९


(ABC-Sanchar)
काठमाडौं । भारतमा एक २२ वर्षे युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ।

आफ्ना ३८ वर्षे दाईको सर्पको टोकाइबाट मृत्यु भएपछि अन्तिम संस्कारका लागि पुगेका बेला उनको पनि सर्पकै टोकाइबाट मृत्यु भएको डेलीस्टारले जनाएको छ।

आफ्ना ३८ वर्षे दाई अरविन्द मिश्रको अन्त्येष्टीका लागि गोविन्द मिश्र बिहार गएका थिए। तर उनको पनि सो क्रममा सर्पले नै टोकेर मृत्यु भएपछि भवानीपुर गाउँका स्थानीयले यो घटनालाई ज्यादै दुःखद र दर्दनाक भनेका छन्।

गोविन्द आफ्ना साथी चन्द्रशेखर पाण्डेसँग अन्त्येष्टीका लागि गएका बेला गोविन्दसँगै चन्द्रशेखरलाई पनि सर्पले टोकेको थियो। यद्यपी उनको भने ज्यान जोगिएको छ।

तथ्यांकअनुसार भारतमा सर्पदंशका घटना ज्यादै दोहोरिन्छन्। हरेकवर्ष भारतमा ५० लाखलाई सर्पले टोक्ने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

जसमध्ये ८१ हजारदेखि १ लाख ३८ हजारले वर्षेनी ज्यान गुमाउँदै आएका छन्
एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

error: Content is protected !!