२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

भारत बिहारको मुख्यमन्त्री नितिश कुमारद्वारा पदबाट राजीनामा

Logo
प्रकाशित मंगलबार, साउन २४, २०७९

काठमाडौं । नितिश कुमारले बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । नितिश कुमारले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् ।

राज्यपाललाई भेटेपछि नितिश कुमारले पत्रकारहरूलाई आफूले राजीनामा दिएको जानकारी दिए। उनले पार्टीका सबै विधायक र सांसदहरू एनडीएबाट अलग हुन चाहेको जिकिर गरे। गठबन्धनमा संलग्न बीजेपीसँग मतभेदका बीच जनता दल-यूले मंगलबार विधायक र सांसदहरूको बैठक बोलाएको थियो।

नितिश कुमारले भने, ‘लोकसभाका सांसद र सबै विधायकहरूसँग बैठक बसेका थियौँ । सबैको चाहना थियो कि हामीले एनडीए छोड्नुपर्छ। हामीले स्वीकार गरेका छौं । त्यसपछि हामी यहाँ आएर एनडीए सरकारको मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका छौँ ।’ अब नितिश कुमारले आरजेडीको समर्थनमा नयाँ सरकार बनाउने विश्वास गरिएको छ । काँग्रेस र अन्य विपक्षी दलहरूले पनि नितिश कुमार नेतृत्वको नयाँ सरकारलाई समर्थन गर्ने संकेत गरेका छन्।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

error: Content is protected !!