२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

खेलकुद मन्त्री अथक र नरैनापुर गापा अध्यक्ष शाहबीच भेट वार्ता बिकासका लागि बजेट ल्याउने प्रतिबद्धता

Logo
प्रकाशित मंगलबार, साउन २४, २०७९

(ABC-Sanchar)बाँके । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज’अथक’ सँग बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष एवम् जनता समाजवादी पार्टीका नेता इश्तियाक अहमद शाहले भेटघाट गरेका छन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको भेटमा गाउँपालिका अध्यक्ष शाहले नरैनापुरको सबै वडाहरूलाई मुख्य सडक संग जोडनका लागि बजेट व्यवस्था गरिदिन माग गरे ।

जवाफमा मन्त्री अथकले गाउँपालिकाको सडक मात्र नभएर स्वास्थ्यका लागि खेलकुदको लागि समेत बजेट व्यवस्था गर्न लागेको आश्वासन दिएका छन् ।

‘नरैनापुर जस्तो बिकट ठाउँका लागि आफुले सक्ने सहयोग गर्ने मन्त्री अथकले बताए ।

प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको कार्यकक्षमा भएको भेटमा गाउँपालिका अध्यक्ष शाह संग मन्त्री अथकले भने, नरैनापुरमा यस बर्ष पानी नपरेकोले सुख्खा क्षेत्र घोषणा गर्ने अवस्था सृजना भएको बताउदै उक्त समस्या समाधानका लागि उक्त क्षेत्रमा बोरिङ जडान गर्न लागेको बताए । उनले भने स्कुलमा खेलका लागि बजेटको व्यवस्था गरेको बताउँदै डुबानको समस्या समाधानका लागि ठाउँ-ठाउँमा सामुदायिक सेल्टर निर्माण गर्नका लागि बजेटको व्यवस्था गरेको बताए।

नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले मन्त्री अथक मार्फत तत्काल इलाका प्रशासन कार्यालय संचालनका लागि जनशक्तिको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री संग आग्रह गर्नु भएको थियो ।

मन्त्री अथकले इलाका प्रशासन कार्यालय नरैनापुरबाट संचालन गर्ने गरी जनशक्ति व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भएको थियो ।

नरैनापुर गाउँपालिका जिल्ला कै सबै भन्दा बिकट गाउँपालिका भए पनि संघीय सरकाको त्यस तर्फ ध्यान अझै पुग्न नसकेको जानकारहरु बताउँछन् ।

मन्त्री अथकको पहलमा नरैनापुरमा अत्याधुनिक रंगशाला निर्माण सुरु भएको छ भने बिधालयको भवन निर्माणका लागि टेण्डर आह्वान गरिसकिएको छ ।

नरैनापुर गाउँपालिका अध्यक्ष शाहले नरैनापुरमा शिक्षा स्वास्थ्य र रोडको निर्माण पश्चात नरैनापुर गाउँपालिका समृद्ध हुन सक्ने भएकोले उक्त कार्यका लागि तत्काल बजेट व्यवस्था गराइ दिन मन्त्री अथक संग माग गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

error: Content is protected !!