२५ माघ २०८१, शुक्रबार
07-02-2025 , Fri
×

नरैनापुरका अध्यक्ष शाहद्धारा रक्षाबन्धन जनैपूर्णिको शुभकामना व्यक्त

Logo
प्रकाशित बिहिबार, साउन २६, २०७९

(महेन्द्र सिंह)
बाँके । नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले हिन्दुधर्मालम्बीहरुको पर्व रक्षाबन्धन(जनै पूर्णि)को अवसरमा आफ्ना पालिका बासीलाई शुभकामना दिदै हिन्दु समुदायमा सुख,शान्ति,समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् ।
अध्यक्ष शाहले यस पर्वले दाजुभाई तथा दिदी बहिनी बिचको प्रेमका साथै नेपालमा भातृत्वको भाव अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । हिन्दुहरुको धार्मिक तथा सांस्कृतिक पर्व रक्षाबन्धन(जनैपूर्णि)को दिन पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने तथा विधिवत् रक्षाबन्धन र ऋषितर्पणी गरी धुमधामका साथ मनाउने हिन्दु समाजमा चलन छ ।
हिन्दू धर्मावलम्बीहरुले आत्माको शुद्धिकरण र शरीरको रक्षार्थ ब्राम्हण पुरोहितद्वारा आफ्ना नाडीमा रक्षाबन्धनको धागो बाँधि जनै पूर्णिमा अर्थात रक्षाबन्धन पर्व मनाईने गरिन्छ । तागाधारी जनै लाउन पर्नेहरु आफ्ना गुरुद्वारा मन्त्र साधना गरिएको जनै फेर्ने परम्परा छ । यसैविच, नेवार समुदायले यस पर्वलाई गुन्हु पुन्ही भनी मास, भट्मास, मुँग, ठूलो केराउ, सानो केराउ, चना, सीमी, गुसर र बोडी गरी नौ प्रकारको गेडागुडी मिसाई पकाएको क्वाटी खाने चलन छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रेस काउन्सिल नेपालले झापाको ‘अमला काण्ड’ घटनालाई अतिरञ्जित प्रस्तुत गर्ने ३८ युट्युब च्यानललाई कारबाहीको दायरामा ल्याएको छ। काउन्सिलले यस्ता च्यानलहरूले सत्यतथ्य पुष्टि नगरी, पीडित र आरोपितका संवेदनशील तस्वीर र भिडियो सार्वजनिक गर्दै चरित्रहत्या गर्ने सामग्री प्रसारण गरेको जनाएको छ। च्यानलहरूले पत्रकार आचारसंहिता, महिला र जेष्ठ नागरिकका लागि निर्देशिका र गोपनीयता ऐन उल्लङ्घन गरेको […]

  काठमाडौं । नेपाल प्रहरीले सुदिन श्रेष्ठ समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गम बहादुर पौडेल भएको बैकिङ कसुर मुद्दामा फरार रहेका जि.चितवन, भरतपुर म.न.पा.वडा नं.०५ सुन्दरवस्ती घर भई हाल जि.ललितपुर, ललितपुर म.न.पा.वडा नं.१० धापाखेल बस्ने वर्ष ४४ को गम बहादुर पौडेललाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।२१ गते जि.भक्तपुर, मध्यपुर ठिमी न.पा.वडा नं.०३ […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसंग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयको रानीहलमा सम्पन्न कार्यक्रममा संचारकर्मीहरुद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयले आगामी दिनहरुमा चाल्नसक्ने पहल कदमीको सम्बन्धमा राय, सुझाब तथा सल्लाह व्यक्त गर्नु भएको थियो । अन्तर्क्रिया चरण पश्चात संचारकर्मीहरुद्वारा राखिएका जिज्ञासाको […]

error: Content is protected !!