०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

नरैनापुरका अध्यक्ष शाहद्धारा रक्षाबन्धन जनैपूर्णिको शुभकामना व्यक्त

Logo
प्रकाशित बिहिबार, साउन २६, २०७९

(महेन्द्र सिंह)
बाँके । नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले हिन्दुधर्मालम्बीहरुको पर्व रक्षाबन्धन(जनै पूर्णि)को अवसरमा आफ्ना पालिका बासीलाई शुभकामना दिदै हिन्दु समुदायमा सुख,शान्ति,समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् ।
अध्यक्ष शाहले यस पर्वले दाजुभाई तथा दिदी बहिनी बिचको प्रेमका साथै नेपालमा भातृत्वको भाव अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । हिन्दुहरुको धार्मिक तथा सांस्कृतिक पर्व रक्षाबन्धन(जनैपूर्णि)को दिन पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने तथा विधिवत् रक्षाबन्धन र ऋषितर्पणी गरी धुमधामका साथ मनाउने हिन्दु समाजमा चलन छ ।
हिन्दू धर्मावलम्बीहरुले आत्माको शुद्धिकरण र शरीरको रक्षार्थ ब्राम्हण पुरोहितद्वारा आफ्ना नाडीमा रक्षाबन्धनको धागो बाँधि जनै पूर्णिमा अर्थात रक्षाबन्धन पर्व मनाईने गरिन्छ । तागाधारी जनै लाउन पर्नेहरु आफ्ना गुरुद्वारा मन्त्र साधना गरिएको जनै फेर्ने परम्परा छ । यसैविच, नेवार समुदायले यस पर्वलाई गुन्हु पुन्ही भनी मास, भट्मास, मुँग, ठूलो केराउ, सानो केराउ, चना, सीमी, गुसर र बोडी गरी नौ प्रकारको गेडागुडी मिसाई पकाएको क्वाटी खाने चलन छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!