२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

पीडित महिला न्याय माग्दै आत्मदाहको प्रयास बलात्कार गर्ने युवकलाई पक्राउको माग

Logo
प्रकाशित शुक्रबार, साउन २७, २०७९


(ABC-Sanchar)
काठमाडौं । न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर उनले आत्मदाह प्रयास गरेकी हुन् ।
निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि गएकी थिइन् । त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

निहारिकाले गत २० साउनबाट आमरण अनशन सुरू गरेकी थिइन् । वसन्तपुर डबलीमा अनशन बसिरहेकी उनले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको योजना बनाएकी हुन् ।

आज वसन्तपुरमा प्रहरी नभएको मौका पारेर उनी एकजना साथीसहित ट्याक्सीमा निस्केकी थिइन् । बाटोमै उनले एक लिटर पेट्रोल र लाइटर खरिद गरिन् ।

उनी शीतलनिवास आउँदै गरेको सूचना पाएका प्रहरी अलर्ट अवस्थामा थिए । निहारिकाले प्रहरीलाई अल्मल्याउनका लागि शीतलनिवास पुग्नुभन्दा केही अगाडि साथी र बच्चालाई ट्याक्सीबाट ओरालिन् । अर्को बाटोबाट साथीले बच्चालाई लिएर गइन् । निहारिका शीतल निवास नजिकको चोकमा ट्याक्सीबाट ओर्लिइन् र तत्कालै शरीरमा पेट्रोल खन्याइन् । र, शरीरमा लाइटरले आगो सल्काउन खोज्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए ।
प्रहरीले निहारिकाको साथबाट लाइटर र पेट्रोल हालिएको डब्बा बरामद गरेको छ । उनलाई महाराजगञ्ज वृत्तमा लगिएको छ । निहारिकाको साथी र उनको छोरा पनि प्रहरी नियन्त्रणमा छन् ।

जनकपुरका एक युवकले आफूलाई बलात्कार गरी बच्चा जन्मिएको निहारिकाको आरोप छ । उनले बच्चाको डिएनए टेस्ट म्याच गराउन र आरोपिलाई पक्राउ गर्न माग राखेकी छन् ।

यसअघि आरोपिलाई जिल्ला अदालत धनुषाले उनीहरुबीच सहमतिमै सम्वन्ध रहेको भन्दै सफाइ दिएको थियो । त्यसविरुद्ध निहारिकाले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी छन् । उक्त मुद्दाको पेशी सरेको स¥यै छ । निहारिकाले चाँडो आफ्नो मुद्दा किनारा लगाउन माग गरेकी छन् ।

यसअघि गत जेठमा पनि निहारिका आमरण अनशन बसेकी थिइन् । सरकारी पक्षसँग ५ बुँदे सहमति पछि उनको अनशन तोडिएको थियो । गृहमन्त्री बालकृष्ण खाँडले नै जुस पिलाएर अनशन तोडेका थिए । तर, आफूसँग सरकारले गरेको कुनै पनि सहमति कार्यान्वयन नभएको निहारिकाको गुनासो छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

error: Content is protected !!