२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

सशस्त्र प्रहरीले गोसाइँकुण्डमा बेहोस भएका ३ जनाको सकुशल उद्धार

Logo
प्रकाशित शनिबार, साउन २८, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका ५ स्थित गोसाइँकुण्डबाट घर फर्कने क्रममा लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

बेहोस हुनेहरूमा नुवाकोट जिल्लाको ककनी गाउँपालिका ८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र सोही जिल्लाको विदुर नगरपालिका ११ बस्ने २० वर्षीय साधना प्याकुरेल र धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका ३ बस्ने १० वर्षीय निर्जीव दुवाडी छन् ।

सो बारे जानकारी प्राप्त भएपश्चात् सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरूलाई पिठ्युँमा बोकी धुन्चे अस्पताल ल्याउने क्रममा उनीहरूको बाटोमै स्वास्थ्यमा सुधार आएपछि आफन्तको जिम्मा लगाइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

error: Content is protected !!