२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

फोहोर बोकेर बञ्चरेडाँडा हिनेको गाडी बाटोमै रोकिए स्थानीयहरु सडकमा

Logo
प्रकाशित सोमबार, साउन ३०, २०७९


(ABC-Sanchar)
काठमाडौँ । काठमाडौँबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरूलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले बीच बाटोमै रोकिदिएका छन् ।

हिजो सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेकोमा आज नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि उनीहरूलाई साथ दिएको स्थानीयको भनाइ छ ।

हिजो धादिङको धुनिबेशी नगरपालिका-१ का काँग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए । आज दिउँसो सबै दलले संयुक्त वक्तव्य निकाल्ने तयारी भइरहेको छ ।

राजनीतिक दलहरूको अवरोधका कारण आज बिहान काठमाडौँबाट गएका कुनै पनि गाडीले फोहोर खसाल्न पाएका छैनन् । हिजो गएका २५ वडा गाडीले मात्र फोहोर खसालेका थिए

यता राजनीतिक दलहरूले आफ्नो स्वार्थपूर्तिका लागि फोहोर विसर्जनमा अवरोध गरेको स्थानीयको आरोप छ । स्थानीय दिनेश कार्कीले स्थानीय पीडितको नाममा फोहोरमा राजनीति गर्नेहरूसँग आफूहरूको कुनै सम्बन्ध नरहेको बताए । उनले राजनीति गर्नेहरूलाई ल्याण्डफिल साइटमा प्रवेश निषेध गरिएको पनि बताए ।

‘स्थानीय पीडितको नाममा राज्यसँग मिलेर राजनीति गर्नेहरूलाई अब कुदुले बन्चरे ल्यान्डफिल साइडमा आजबाट प्रवेश निषेध गरिएको छ,’ उनले भने ।

अहिले बन्चरेडाँडामा एक सय बढी स्थानीय सडकमा आएका छन् । राजनीतिक दलका प्रतिनिधि र स्थानीय पीडितका प्रतिनिधिहरुबीच अहिले वार्ता भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

error: Content is protected !!