०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिकोत्सवको अवसरमा रक्तदान

Logo
प्रकाशित सोमबार, साउन ३०, २०७९

ABC (क्राईमबिट)
पोखरा । नेपाल प्रहरी श्रीमती संघको ३८औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमतीसंघ गण्डकी प्रदेश पोखराको आयोजनामा पोखराको चिप्लेढुङ्गा स्थित खुल्ला रक्तदान कार्यक्रमको सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी र नेपाल रेडक्रस सोसाईटी कास्कीका प्रतिनिधि महेन्द्र केसीले संयुक्त रुपमा नेपाल प्रहरी श्रीमती संघ, गण्डकी प्रदेश पोखराकी अध्यक्ष दिपा जोशीलाई रक्तझोला हस्तान्तरण गरी कार्यक्रमको उद्‍घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी नायब महानिरीक्षक जोशीले उक्त कार्यक्रममा सहभागी भई नेपाल प्रहरी श्रीमती संघ, गण्डकी प्रदेश पोखराको पुण्य रक्तदान कार्यक्रमलाई सफलता प्रदान गर्न आग्रह गरे ।

नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, आम नागरिक गरी ६८ जनाले रक्तदान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]