०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

सशस्त्र प्रहरीको १०३ जना निरीक्षकहरुको आपतकालीन तालिम सञ्चालन

Logo
प्रकाशित सोमबार, साउन ३०, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बल राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा साउन २९ गतेदेखि सि.सं. १४ सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम सञ्चालन भएको छ ।

उक्त तालिम सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।

सोही अवसरमा उनले प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले तालिम अवधिमा सिक्ने र सिकाउछु भन्ने भावना लिएर अगाडी बढ्न सकियो भने कार्यक्षेत्रमा आईपर्ने जुनसुकै चुनौतीलाई पनि सामना गर्न सकिने बताए ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक धौवजीले दर्जासँगै बढेको जिम्मेवारी पुरा गर्न तालिम अपरिहार्य रहेको बताउदै तालिममा सहभागी अधिकृतहरु अनुशासित, इमान्दारिता र कर्तव्यनिष्ठ भई पुरा गर्नेतर्फ लाग्नुपर्ने उल्लेख गरे ।

१२ हप्ता अवधिको उक्त तालिममा सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षकबाट बढुवा हुनुभएका १०३ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]