२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

सशस्त्र प्रहरीको १०३ जना निरीक्षकहरुको आपतकालीन तालिम सञ्चालन

Logo
प्रकाशित सोमबार, साउन ३०, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बल राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा साउन २९ गतेदेखि सि.सं. १४ सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम सञ्चालन भएको छ ।

उक्त तालिम सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।

सोही अवसरमा उनले प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले तालिम अवधिमा सिक्ने र सिकाउछु भन्ने भावना लिएर अगाडी बढ्न सकियो भने कार्यक्षेत्रमा आईपर्ने जुनसुकै चुनौतीलाई पनि सामना गर्न सकिने बताए ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक धौवजीले दर्जासँगै बढेको जिम्मेवारी पुरा गर्न तालिम अपरिहार्य रहेको बताउदै तालिममा सहभागी अधिकृतहरु अनुशासित, इमान्दारिता र कर्तव्यनिष्ठ भई पुरा गर्नेतर्फ लाग्नुपर्ने उल्लेख गरे ।

१२ हप्ता अवधिको उक्त तालिममा सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षकबाट बढुवा हुनुभएका १०३ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

error: Content is protected !!