२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मंगलबार राष्ट्रपति भण्डारी पोखरामा सुरक्षा व्यवस्था कडा प्रहरी गस्ती तीब्र

Logo
प्रकाशित मंगलबार, साउन ३१, २०७९


(ABC-Sanchar)
पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आएपछि सुरक्षा ब्यवस्था कडा पारिएको छ।​ विन्ध्यावासिनी माविको हिरक जयन्ती समारोह तथा नवनिर्मित भवनको उद्घाटन तथा गुरुङ समुदायको पर्व ट्होटेको सहभागी हुन राष्ट्रपति भण्डारी पोखरा आएपछि सुरक्षा ब्यवस्था कडा पारिएको हो ।
मंगलवारको कार्यक्रममा सहभागी हुन लागि राष्ट्रपति भण्डारी सोमवार नै पोखरा पुगेकी थिइन । सोमवार दिनभर भेटघाटमा ब्यस्त राष्ट्रपतिले अन्नपुर्ण केबलकारको निरीक्षणसमेत गरेकी थिइन् । नागरिकता विद्येयक संघीय संसदमा फिर्ता गरे पछि उत्पन्न सुरक्षा अवस्थालाई ध्यानमा राख्दै राष्ट्रपति भण्डारीको सुरक्षा थप कडा गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारीले हालै संघीय संसदले पारित गरेको नागरिकता विद्येयक सदनमा नै फिर्ता गरिदिए पछि विभाजित प्रतिक्रिया आइरहेका छन भने फिर्ता पठाएको सो पत्रको सन्देश पढेर प्रतिनिधिसभा बैठकमा सुनाउने सम्भावित कार्यसुची छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!