२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

नेपाल प्रहरीमा ३० वर्षे सेवाहद हटाउने षड्यन्त्र सुरु

Logo
प्रकाशित मंगलबार, साउन ३१, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा तल्लो तहको सरुवा–बढुवामा गृहमन्त्रीको सचिवालय हावी हुने गरेको छ भने उच्च तहमा प्रधानमन्त्रीपत्नी आरजु र उनका भाई भूषण राणाको कब्जा छ । आरजु–भूषणको समूह यतीबेला प्रहरीमा ३० वर्षे सेवाहद हटाउने रणनीतिमा अघि बढेका छन् ।

प्रहरीका उच्च अधिकारीले अवकाश पाउने समय नजिकिदै गएपछि यो खेल अघि बढेको छ । तर, निर्वाचनको घोषणा गरिसकेको सरकारले यस्तो निर्णय गर्न कठिन हुने अवस्था छ ।

हालका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको अवधि पनि १० चैतसम्म मात्र छ । उनी पनि जसरी हुन्छ सेवाहद हटाउने पक्षमा छन् । तर, अहिलेको सरकार चुनावपछि फेरिन सक्ने भएकाले अहिले नै त्यसका लागि जोडबल नगरेको स्रोत बताउँछ । यद्यपि, अवकाश पाउन लागेका एआइजीहरू भने तत्काल हटाउनुपर्ने पक्षमा उभिएका छन् ।

३० वर्षे सेवाहद हटाउने–नहटाउने विषयमा हालै बढुवा भएका डिआइजीको टोलीमा पनि भर पर्छ । ३० वर्षे हटाउँदा उनीहरूको जागिर लम्बिए पनि आइजिपी हुने समय पछि मात्र आउँछ । तर, केही डिआइजीलाई भने फाइदासमेत हुने अवस्था छ । आइजिपी सिंह र डिआइजी दीपक थापा सेवाहद हटाउने विषयमा एकमत रहेको बताइन्छ । जसबाट अन्त डिआइजीहरू तर्सिएका छन् ।

चुनावपछि पनि शेरबहादुर देउवा नेतृत्वकै सरकार रहेमा भने सेवाहद हट्ने सम्भावना प्रबल रहेको स्रोत बताउँछ । गृहमन्त्री बालकृष्ण खाणले समेत आफु ३० वर्षे सेवाहद हटाउने पक्षमा रहेको सार्वजनिक रुपमै बताइसकेका छन् । बालुवाटरले डिल मिले सेवाहद हटाउने सम्भावना बढेको उच्च प्रहरी अधिकारीले बतएका छन् ।दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

error: Content is protected !!