०६ बैशाख २०८१, बिहिबार
18-04-2024 , Thu
×

सुदूरपश्चिम ट्राफिक प्रहरीद्वारा साढे ५ करोडको राजस्व संंकल

Logo
प्रकाशित बिहिबार, भाद्र ०२, २०७९


(गणेश मौनी)
डोटी । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरीयाले सुदुरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा ५ करोड ४१ लाख ९५ हजार राजस्व संकलन गरेको छ ।

कार्यालयका अनुसार अत्तरीया कार्यालय र मातहतका जिल्ला कार्यालयहरुले ट्राफिक चेकीङमा कडाई गर्दा सडक दृर्घटनामा न्यूनीकरण हुनुका साथै राजस्व संकलनमा बृद्धी भएको जनाएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार आर्थिक बर्ष ०७८।०७९ मा सुदुरपश्चिम प्रदेशमा ५ करोड ४१ लाख ९५ हजार राजस्व संकलन भएको जनाएको छ । तथ्यांक अनुसार सबै भन्दा बढी राजस्व संकलन भएको जिल्लाको रुपमा कैलाली पर्दछ जसले एक वर्षको अवधिमा ३ करोड २ लाख ५१ हजार रुपयाँ राजस्व संकलन गरेको छ भने त्यस्तै सबै भन्दा कम राजस्व संकलन भएको जिल्लाको रुपमा बाजुरा पर्दछ । जसले एक बर्षको अवधिमा १२ लाख ८६ हजार ५ सय रुपयाँ राजस्व संकलन गरेको देखिन्छ ।

त्यस्तै अन्य जिल्लाहरुमा कंचनपुरमा ८६ लाख५४ हजार ५ सय, डडेलधुरामा ३२ लाख ७ हजार ५ सय, डोटीमा २९ लाख ४० हजार, दार्चुलामा १४ लाख २१ हजार ५ सय, बझाङमा १५ लाख ३० हजार ५ सय, अछाममा २६ लाख ६९ हजार, बैतडीमा २१ लाख १८ हजार ५ सय राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

सुदुरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले संकलन गरेको राजस्वको अवस्था हेर्दा बर्षेनि बृद्धी भएको देखिन्छ । आर्थिक वर्ष २०७६।०७७ मा सुदुरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा ३ करोड ३१ लाख ९९ हजार ५ सय रुपयाँ राजस्व संकलन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७७।०७८ मा एक बर्षको अवधिमा उक्त रकम बढेर ४ करोड ५७ लाख ६७ हजार पुगेको देखिन्छ । भने आर्थिक बर्ष २०७८।०७९ मा बृद्धी भएर ५ करोड ४१ लाख ९५ हजार राजस्व संकलन भएको देखिन्छ ।

९७ हजारलाई सडक कारबाही

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरीया र मातहतका कार्यालयले एक बर्षको अवधिमा ९७ हजार जनालाई सडक कारबाही गरेको छ । ट्राफिक प्रहरीको नियमलाई बेवास्ता गरी विभिन्न प्रकारले सवारी साधन चलाएकाहरुलाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अत्तरीया सुचना अधिकारी एवं प्रहरी निरीक्षक रण बहादुर बिष्टले बताए । कार्यालयले दिएको तथ्यांक अनुसार आर्थिक बर्ष २०७८।०७९ मा एक बर्षको अबधीमा ९७ हजार १ सय ७ जनालाई कारबाही गरीएको थियो । कारबाहीमा पर्ने सबै भन्दा बढी ५४ हजार ६७ जना कैलाली जिल्लाका रहेका छन् भने सबै भन्दा कम बाजुरा जिल्लाका २ हजार ३ सय १६ जना रहेका छन् ।

सुदुरपश्चिम प्रदेशमा ट्राफिक नियमको उलंघन गर्नेको संख्या पनि बर्षेनि बढेको देखिन्छ । आर्थिक वर्ष २०७६।०७७ मा सुदुरपश्चिम प्रदेशमा एक वर्षको अबधीमा ५६ हजार १ सय ५३ जनालाई कारबाही गरिएको थियो भने त्यस्तै आर्थिक वर्ष २०७७।०७८ मा ७९ हजार ८९ जना कारबाहीमा परे भने आर्थिक बर्ष २०७८।०७९ मा ९७ हजार १ सय ७ जनालाई कारबाही गरीएको कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले चेकिङमा कडाई गर्नुका साथै जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दा सडक दुर्घटनामा न्यूनिकरणमा सहयोग पुगेको प्रहरी निरीक्षक बिष्ठले बताए । उनले भने, ‘नियमीत रुपमा चेकजाँच गर्नु त हाम्रो काम हो त्यसको अलवा सडक दृघटनामा न्यूनिकरण होस, ट्राफिक नियमको बारेमा सबैलाई जानकारी होस भन्ने हेतुले विद्यालय स्तरमा, चालक, सहचालकहरुलाई जनचेतना मुलक कुराहरु जानकारी गराउदै आएका छौ फलस्वरुप दुर्घटना न्यूनिकरणमा सहयोग पुगेको बताए ।

ट्राफिक चेकीङ गर्दा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने, साथमा आवश्यक कागजात नभएका, मोटरसाइकलमा ३ जना सवार गर्ने, मदिरा सेवन गरि सवारी साधन चलाउने, सिटबेल्ट नबाध्ने लापरबाही गर्ने,हेल्मेट नलगाउने, नम्बर प्लेट नभएका जस्तो अवस्थामा रहेकालाई कारबाही गरिएको कार्यालयले जनाएको छ ।

ट्राफिक चेकीङमा कडाई गरिने

ट्राफिक प्रहरीले सुदुरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा ट्राफिक चेकीङमा कडाई गरिने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरीयाका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक दिपेन्द्र पालले बताए । उनले भने ट्राफिक प्रहरीको आम सर्वसाधारण लाई दुःख दिने नियत होईन सडक दुर्घटना न्यूनिकरण गर्नका साथै सबैले ट्राफिक नियमको पालना गरि आफु पनि सुरक्षित रहुन र अरुलाई पनी सुरक्षित राखुन भन्ने हेतुले कडाई गरिने बताए ।

उनले भने, ‘सडक सुरक्षाको बारेमा सबैलाई सचेतना दिन आवश्यक छ, हाम्रो त काम नैहो हामीसंग भएको जनशक्ति र स्रोत साधनलाई पूर्णरुपमा प्रयोग गर्नेछौ सेवा प्रवाहमा बाधा हुन दिन्नौ ।’ सडक दुर्घटना न्यूनिकरमा सबै तह र तप्कामा रहेका ब्यक्तिहरुले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आवश्यक रहेको समेत प्रहरी नायब उपरीक्षक पालले बताए ।

सुदुरपश्चिम प्रदेशमा सडक दुर्घटनामा परी एक बर्षको अबधीमा १ सय ८२ जनाले ज्यान गुमाएका छन् भने ९ जना अंगभंग भएका कार्यालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आफन्तहरुले सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । रुसी सेनामा रहेका नेपालीका परिवारका सदस्यहरुले बिहीबार सिंहदरबार दक्षिण गेटअघि प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले अवैध तरिकाले रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरुको खोजी, युक्रेनसँगको युद्धमा मृत्यु भएकाहरुको शव फिर्ता र अलपत्र परेकाहरुको उद्धारको माग राखेका […]

   (महेन्द्र सिंह ) नेपालगन्जको जमुनाह नाकाबाट भारततर्फ लैजादै गरिएको अवस्थामा प्रहरीले तीन जना व्यक्तिसहित १२ सय ८० प्याकेट चुरोट बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक रविन्द्र बमको कमाण्डको टोलीले चेकजाँचका क्रममा  आज बिहान जमुनाह हुँदै भारततर्फ लैजादै गरेको उक्त १२ सय ८० प्याकेट खुकुरी चुरोटसहित तीन जनालाई पक्राउ गरेको […]

(एबिसि संचार )                                                              नक्कली सुन दिएर ६० हजार रूपैयाँ ठगी गरेको अभियोगमा भारत सिलिगुडी बस्ने ५४ वर्षीय शेर बहादुर गिरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको […]