ABC (क्राईमबिट)
बारा । जितपुरसिमरा उपमहानगरपालिका १७ रामनगर गुम्बाटोल बस्ने ३० वर्षीय संजिव बललाई भरूवा बन्दुक १ थान र सोही बन्दुकमा प्रयोग हुने बेरिंङ ५ थान सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा अवैध हतियार रहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी जैतापुर र ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनको घर अगाडि बनाएको छाप्रोमा लुकाई छिपाई राखेको अवस्थामा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।