२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

देश र जनताको सेवा गर्न पाउदा गर्व लाग्छ : आईजीपी धिरज प्रताप सिंह

Logo
प्रकाशित आइतबार, भाद्र ०५, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी महानिरीक्षक डीआईजी धिरज प्रताप सिंह भन्नुहुन्छ – ‘देश र जनताको सेवा गर्न पाउदा गर्व महसुस हुन्छ, प्रहरी संगठनका हरेक सदस्यले गर्व गर्नुपर्छ।’ शान्ति सुरक्षा, अमन चयनको मुख्य जिम्मेवारी पाएको प्रहरीले आफ्नो दायित्व र कर्तव्य पूरा गर्दै आएको उल्लेख गर्दैै उहाँले केही घटनालाई कारण देखाएर प्रहरीले गरेको राम्रो कामको अवमूल्यांकन गर्न नहुने बताउनुहुन्छ ।

संगठनको नेतृत्व सम्हालेपछि गरेका प्रतिबद्धतालाई पूरा गर्न अहोरात्र खटिँदै आउनुभएका सिंहले आफूले गरेको प्रतिबद्धता पूरा गर्न काममा लाग्नुभएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले संगठनको कार्यशैलीमा परिवर्तन ल्याउन सफल हुनुभएको छ ।

प्रहरी संगठनभित्र रहेको गलत संस्कृतिका विरुद्ध खरोरूपमा उत्रिनुभएका उहाँले संगठनभित्र नै शुद्धीकरणको अभियान सञ्चालन गर्नुभएको छ । गलत काम गर्नेलाई दण्ड र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने संस्कार विकसित गर्नुभएका महानिरीक्षक सिंहको अभियानले संगठनमा नयाँ आशा र उत्साह थप्न सफल भएको छ।

संगठन सञ्चालनको नयाँ अभ्यास, स्पष्ट नीति र लक्ष्यका साथ संगठनको नेतृत्व गर्नुभएका उहाँले समय र परिस्थिति अनुकूल संगठनलाई स्रोतसाधन सम्पन्न बनाउने कार्यमा पनि लाग्नुभएको छ। केही अपवादको घटनाबाहेक संगठनलाई गतिशील बनाउने, समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने, गुन्डागर्दी अन्त्य गर्ने कार्यमा आफूलाई समर्पित गर्दै आउनुभएको छ। साथै संगठनको मनोबल उच्च बनाउने, प्रहरीलाई प्रविधिमैत्री बनाएर समाजमा हुन सक्ने सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने काममा पनि उहाँ अहोरात्र खटिँदै आउनुभएको छ।

संगठनलाई सुदृढ गर्न र आम नागरिकको विश्वास जित्ने काममा मन, वचन र कर्मबाट लाग्नुभएको सिंहकै कारण अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदन अनुसार सेवा प्रवाहमा सबैभन्दा न्यून भ्रष्टचार हुने सरकारी निकायमा प्रहरी संगठन सफल सावित भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

error: Content is protected !!