३१ साउन २०८२, शनिबार
16-08-2025 , Sat
×

देश र जनताको सेवा गर्न पाउदा गर्व लाग्छ : आईजीपी धिरज प्रताप सिंह

Logo
प्रकाशित आइतबार, भाद्र ०५, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी महानिरीक्षक डीआईजी धिरज प्रताप सिंह भन्नुहुन्छ – ‘देश र जनताको सेवा गर्न पाउदा गर्व महसुस हुन्छ, प्रहरी संगठनका हरेक सदस्यले गर्व गर्नुपर्छ।’ शान्ति सुरक्षा, अमन चयनको मुख्य जिम्मेवारी पाएको प्रहरीले आफ्नो दायित्व र कर्तव्य पूरा गर्दै आएको उल्लेख गर्दैै उहाँले केही घटनालाई कारण देखाएर प्रहरीले गरेको राम्रो कामको अवमूल्यांकन गर्न नहुने बताउनुहुन्छ ।

संगठनको नेतृत्व सम्हालेपछि गरेका प्रतिबद्धतालाई पूरा गर्न अहोरात्र खटिँदै आउनुभएका सिंहले आफूले गरेको प्रतिबद्धता पूरा गर्न काममा लाग्नुभएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले संगठनको कार्यशैलीमा परिवर्तन ल्याउन सफल हुनुभएको छ ।

प्रहरी संगठनभित्र रहेको गलत संस्कृतिका विरुद्ध खरोरूपमा उत्रिनुभएका उहाँले संगठनभित्र नै शुद्धीकरणको अभियान सञ्चालन गर्नुभएको छ । गलत काम गर्नेलाई दण्ड र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने संस्कार विकसित गर्नुभएका महानिरीक्षक सिंहको अभियानले संगठनमा नयाँ आशा र उत्साह थप्न सफल भएको छ।

संगठन सञ्चालनको नयाँ अभ्यास, स्पष्ट नीति र लक्ष्यका साथ संगठनको नेतृत्व गर्नुभएका उहाँले समय र परिस्थिति अनुकूल संगठनलाई स्रोतसाधन सम्पन्न बनाउने कार्यमा पनि लाग्नुभएको छ। केही अपवादको घटनाबाहेक संगठनलाई गतिशील बनाउने, समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने, गुन्डागर्दी अन्त्य गर्ने कार्यमा आफूलाई समर्पित गर्दै आउनुभएको छ। साथै संगठनको मनोबल उच्च बनाउने, प्रहरीलाई प्रविधिमैत्री बनाएर समाजमा हुन सक्ने सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने काममा पनि उहाँ अहोरात्र खटिँदै आउनुभएको छ।

संगठनलाई सुदृढ गर्न र आम नागरिकको विश्वास जित्ने काममा मन, वचन र कर्मबाट लाग्नुभएको सिंहकै कारण अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदन अनुसार सेवा प्रवाहमा सबैभन्दा न्यून भ्रष्टचार हुने सरकारी निकायमा प्रहरी संगठन सफल सावित भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । देवाही गोनाही नगरपालिका-९ धरहरीस्थित श्रीराम जानकी ब्रह्माबाबा मठमा आयोजित श्रीकृष्ण जन्माष्टमी मेला उद्घाटन गर्ने विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा मेयरसहित तीनजना घाइते भएका छन्। मेलामा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह र स्थानीय रामविनोद साह पक्षबीच विवाद उत्पन्न भएपछि झडप भएको हो। मेयर साह उद्घाटन गर्न मठ परिसर पुगेपछि रामविनोद साह पक्षले […]

काठमाडौं । लामिछानेका समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल अगाडि जम्मा भएर बसेका थिए। तर, आयल निगमबाट निकालिएर नख्खु लगिएको हो। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभागले सरुवा गर्ने निर्णय गरेको थियो । भैरहवाबाट लामिछानेलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको थियो। लामिछानेलाई स्वागत गर्नको लागि विमानस्थलमा पत्नी निकितासहित समर्थकहरू […]

  काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गोकर्णेश्वर नगरपालिका विच समझदारी पत्र आदान प्रदान र प्रहरी भवन समुद्‍घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न । माननीय वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यता तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको आतिथ्यतामा राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति […]

error: Content is protected !!