२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

३ सातादेखि उपचाररत काँग्रेस नेता प्रदीप गिरीको निधन

Logo
प्रकाशित आइतबार, भाद्र ०५, २०७९

(ABC-Sanchar)
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका ७५ वर्षीय गिरिको मेडिसिटी अस्पतालमा शनिबार राति निधन भएको उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा. पंकजकुमार बर्मनले जानकारी दिए ।

तीन सातादेखि उपचाररत गिरीलाई शुक्रबार भेन्टिलेटरबाट निकालेर आइसियुमा राखिएको थियो ।

लामो समय भारतमा उपचार गरेर स्वदेश फर्किएका उनको स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना भएका थिए । घाँटीको क्यान्सरबाट पीडित उनलाई निमोनियासमेत देखिएपछि स्वास्थ्यमा थप जटिलता देखिएको थियो ।

भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका गिरी २०१७ सालमा काँग्रेसमा आबद्ध भएका थिए। काँग्रेस केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्य रहेका गिरी अन्य दलका नेता तथा कार्यकर्तामाझ पनि लोकप्रिय थिए।

दर्जन बढी पुस्तकका लेखकसमेत रहेका उनी नेपालमा मार्क्सवादको राम्रो व्याख्या गर्न सक्ने व्यक्तिमा गनिन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

error: Content is protected !!