२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

गुल्मेली समाज सेवा समिति बाँकेको अध्यक्षमा हरिलाल न्यौपाने र सचिवमा हिमनाथ पौडेल निर्वाचित

Logo
प्रकाशित आइतबार, भाद्र ०५, २०७९

(ABC-Sanchar)
बाँके । शनिबार भएको समाजको पाँचौं अधिवेशनले न्यौपानेको अध्यक्षतामा आगामी दुई बर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

तीजको दर खाने कार्यक्रम, एसइइमा उत्कृष्ट विद्यार्थी सम्मान समेतको आयोजना गरिएको अधिवेशन तथा साधारणसभाबाट संस्थाका सल्लाहकार पूर्ण लाल चुकेको अध्यक्षतामा निर्माण गरिएको अध्यक्ष मण्डलले चयन गरेको समितिको उपाध्यक्षमा भीमलाल कँडेल, सचिवमा हिम नाथ पौडेल र कोषाध्यक्षमा प्रदीप सापकोटालाई चयन गरेको छ । अध्यक्ष मण्डलको सदस्यमा संस्थापक अध्यक्ष लक्ष्मण गौतम र सल्लाहकार नारायण ज्ञवाली थिए ।

त्यसैगरि सदस्यहरुमा प्रकाश गौतम, निलम ज्ञवाली, आरती गौतम, बल बहादुर दगामी, कमला गौतम, महेश ज्ञवाली, ठगीराम भण्डारी, दुर्गा प्रसाद काफ्ले, राजकुमार सापकोटा, कुञ्ज मणि पोखरेल र झविलाल शर्मालाई चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई गुल्मीका संघीय साँसद मैया भण्डारीले खादा ओढाएर स्वागत गरेका थिए । सो अवसरमा सांसद भण्डारीले गुल्मेलीहरुले आफ्नो जन्म थलो छोडेर जहाँ गएर बसे पनि राम्रो काम गरेको बताए । नवनिर्वाचित अध्यक्ष हरिलाल न्यौपानेले आफुले पाएकोमा आभार व्यक्त गर्दै समितिलाई सक्रियताका साथ चलायमान गराउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रम सचिव भीमलाल कँडेलले सञ्चालन गरेका थिए ।

संस्थाका अध्यक्ष भाष्कर काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनको पहिलो सत्रमा प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले एसइइ परीक्षा–२०७८ मा उत्कृष्ट अंक ल्याई बाँके जिल्ला प्रथम भई उत्तीर्ण हुने बालिका शिक्षा काफ्लेलाई रु.५ हजार नगद सहित प्रशंसा पत्र र संस्थाको आजीवन सदस्यता पनि वितरण गरे । सो अवसरमा प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री, नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपति लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तीजको दर खाने समेतको सो कार्यक्रममा महिलाहरुले सामूहिक तृत्य प्रदर्शन गरेका थिए भने करीब ३५० जनाको सहभागिता रहेको निवर्तमान सचिव कँडेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

error: Content is protected !!