२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बर्दीमा रहेको बेला अर्धनग्न नर्तकीहरुसँग नाचेको सई राज किशोर साह कार्वाहीमा

Logo
प्रकाशित आइतबार, भाद्र ०५, २०७९

ABC (क्राईमबिट)
रौतहट । बर्दीमा रहेका नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) राज किशोर साहले पदीय आचरण विपरीत काम गरेको भन्दै जिम्मेवारीबाट हटाइएको छ ।

साहले सार्वजनिक स्थानमा अर्धनग्न नर्तकीहरुसँग नाचेको भिडियो सार्वजनिक भएपछि उनीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको थियो

साह बर्दीमै नाचेको भिडियो सार्वजनिक भएपछि उनले आचरण विपरीत काम गरेको भन्दै जिम्मेवारीबाट हटाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनिल मल्लले प्रशासनलाई जानकारी दिए

रौतहटको गढीमाई नगरपालिकाको वडा नम्बर ६ धरमपुरमा कृष्ण जन्माष्टमीको अवसरमा लागेको मेलामा प्रहरी नायव निरीक्षक साह भोजपुरी गीतमा नाचेका थिए । अर्धनग्न नर्तकीहरुसँग उनी नाचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

साह स्टेजमा नाच्न जानुभन्दा पहिले दर्शकहरूलाई मोबाइलमा फोटो वा भिडियो नखिच्न भनेका थिए । कसैले पनि भिडियो वा फोटो नखिच्ने भनेपछि उनी स्टेजमा उक्लिएका थिए । नाच्दानाच्दै उनले उत्तेजित हाउभाउ देखाउन थाले ।

नेपाल प्रहरीको पोसाकमै अमर्यादित हर्कत गरेपछि साहलाई कारबाहीका लागि हाल शिव नगरको प्रहरी चौकीमा तानेर थप कारबाही प्रक्रिया अघि बढाइएको थियो ।
हाल उनी पदमुक्त भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!