२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिकोत्सव कार्यक्रम भब्य सम्पन्न

Logo
प्रकाशित आइतबार, भाद्र ०५, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । मन्त्री रेग्मीले पानसमा दिप प्रज्वलन गरी उद्‍घाटन गरेको उक्त कार्यक्रममा उनले संघबाट प्रकाशित वार्षिक स्मारिका “सहचरी” को विमोचन समेत गरेकी छन् ।

उक्त अवसरमा मन्त्री रेग्मीले संघलाई निरन्तर रूपमा सहकार्य गरी विभिन्न समाजसेवामूलक कार्यमा उल्लेखनीय सहयोग पुर्‍याउने राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपालका अध्यक्ष पाण्डव हमाल र सहअध्यक्ष सुवास न्यौपाने, चितवन मेडिकल कलेज भरतपुर चितवनका सिइओ प्रताप देवकोटा, कलेज अफ मेडिकल साइन्स भरतपुरका डा. सुदिप राज केसी, एभरेष्ट कलेज, प्रिमियर कलेज, कोलम्बस कलेज, काठमाडौं नेशनल कलेज र वेदाज कलेजका संचालक विष्णुहरी पाण्डे तथा लर्ड बुद्ध एकेडेमी फाउन्डेसनका संचालक पंकज जलानलाई प्रशंसापत्र प्रदान गरिन् ।

सो अवसरमा मन्त्री रेग्मीले नेपाल प्रहरी श्रीमती संघले आगामी दिनमा समाजको कमजोर असहाय एवं बिपन्न वर्गलाई सहयोग गर्नुको साथै क्षमता अभिवृद्धि एवं महिला सशक्तिकरण लगायतका कार्यलाई सहज तुल्याउन सशक्त र प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । साथै मन्त्री रेग्मीले महिलालाई हरेक क्षेत्रमा समान अधिकार दिलाउन सकेमा मात्र समानतामूलक समाज निर्माण गर्न सकिने बताउँदै घरभित्र मात्र नभई कुनै निकायबाट प्रदान हुने सेवाहरूमा पनि महिलाहरूलाई उत्तिनै समान व्यवहार हुनुपर्नेमा जोड दिइन् । महिलाविरुद्ध हुने हिंसा तथा भेदभावका गतिविधिलाई नेपाल प्रहरी श्रीमती संघले अझ नजिकबाट नियालेर हिंसा र भेदभावलाई समाप्त पार्न अझ बढी अग्रसर भएर लाग्न उनले आग्रह समेत गरिन् ।

समारोहमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला फुटबल टिमलाई पहिचान दिलाउन महत्वपूर्ण योगदानको कदर गर्दै ANFA WOMEN’S ASSOCIATION का अध्यक्ष पेमा डोल्मा लामा तथा फरक रूपमा सक्षम बालबालिकाहरूलाई अर्न्तदृष्टि संस्थामार्फत सेवा पुर्‍याँउदै आएका अर्न्तदृष्टि नेपालका संचालक नन्दा सिंहलाई प्रशंसापत्र प्रदान गरे ।
उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंहले कर्तव्यपालनाको सिलसिलामा अमरत्व प्राप्त गरेका अमर प्रहरी हवल्दार मनोज कुमार र श्रीमती आरती हमालका सुपुत्र हार्दिक हमाललाई ईलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिन् । साथै संघकी अध्यक्ष कुसुम लता सिंह र डिएभि कलेजका संचालक अनिल केडियाले ललितपुर थसीखेल बस्ने आदित्य अधिकारीलाई +2 अध्ययनको लागि पूर्ण दिवा छात्रवृत्ति प्रदान गरिन् ।

समारोहमा संघकी अध्यक्ष सिंहले धन्यवाद मन्तव्य व्यक्त गर्दै संघलाई आजको अवस्थासम्म पुर्‍याउन विभिन्न माध्यमहरुद्वारा सहयोग उपलब्ध गराउने महानुभावहरु, संघ संस्थाहरु तथा सम्पूर्ण सहयोगीहातहरुप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै मानवीय सहयोग र सेवाको निरन्तरताको अपेक्षा रहेको उल्लेख गरिन् । संघलाई थप उर्जामूलक, सेवामूलक र उपलव्धीमूलक बनाई अझ बढी मानव केन्द्रित र विस्तारित सेवा दिँदै जाने विश्वास उनले व्यक्त गरिन् ।

नेपाल प्रहरी श्रीमती संघकी महासचिव सुनम पोखरेलले स्वागत मन्तव्य तथा संघको वार्षिक कार्य प्रगति विवरण प्रस्तुत गरेकी उक्त कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरुद्वारा सहचरी गीत प्रस्तुत गरेका थिए भने विभिन्न कलाकारहरूद्वारा साँस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।

समारोहमा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला कुमारी पराजुली, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा पूर्व अध्यक्ष एवम् पूर्व पदाधिकारीहरु, नेपाली सेना र सशस्त्र प्रहरी श्रीमती संघका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु एवम् आमन्त्रित अतिथिहरुको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!