२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

काठमाडौँको नगर प्रहरीको जिम्मेवारीबाट एसपी धनपति सापकोटा हटाए

Logo
प्रकाशित सोमबार, भाद्र ०६, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । काठमाडौँको नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट प्रहरी उपरीक्षक धनपति सापकोटा हटाइएका छन्।

आइतबार काठमाडौँ महानगरपालिकाले सापकोटालाई नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर नयाँ प्रहरी उपरीक्षकलाई जिम्मेवारी दिइएको हो।

महानगरपालिकाले प्रहरी उपरीक्षक राजु पाण्डेलाई प्रमुखको जिम्मेवारी दिएको हो।

सापकोटाको ठाउँमा प्रहरी उपरीक्षक पाण्डेलाई जिम्मेवारी दिइएको काठमाडौँ महानगरपालिकाका सह-प्रवक्ता महेश काफ्लेले जानकारी दिए।

उनले यसलाई नियमित प्रक्रिया भएको बताएका छन्।

काठमाडौँ महानगरपालिकामा पाँच जना नगर प्रहरी उपरीक्षक छन्। धनपति सापकोटा यसअघि लामो समयदेखि प्रमुखको जिम्मेवारीमा थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

error: Content is protected !!