१० जेठ २०८२, शनिबार
24-05-2025 , Sat
×

काठमाडौँको नगर प्रहरीको जिम्मेवारीबाट एसपी धनपति सापकोटा हटाए

Logo
प्रकाशित सोमबार, भाद्र ०६, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । काठमाडौँको नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट प्रहरी उपरीक्षक धनपति सापकोटा हटाइएका छन्।

आइतबार काठमाडौँ महानगरपालिकाले सापकोटालाई नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर नयाँ प्रहरी उपरीक्षकलाई जिम्मेवारी दिइएको हो।

महानगरपालिकाले प्रहरी उपरीक्षक राजु पाण्डेलाई प्रमुखको जिम्मेवारी दिएको हो।

सापकोटाको ठाउँमा प्रहरी उपरीक्षक पाण्डेलाई जिम्मेवारी दिइएको काठमाडौँ महानगरपालिकाका सह-प्रवक्ता महेश काफ्लेले जानकारी दिए।

उनले यसलाई नियमित प्रक्रिया भएको बताएका छन्।

काठमाडौँ महानगरपालिकामा पाँच जना नगर प्रहरी उपरीक्षक छन्। धनपति सापकोटा यसअघि लामो समयदेखि प्रमुखको जिम्मेवारीमा थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टिका कार्यवाहक सभापति डोल प्रसाद अर्याल रसुवाको कार्यक्रम छोडेर सभापति रवि लामिछानेलाई भेट्न रुपन्देही पुगेका छन् । उनको आज रसुवा जिल्ला भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको भएपनि उनले त्यहाँ अन्य नेताहरुलाई पठाएर आफू रुपन्देही तर्फ लागेका रास्वपाका एक नेताले जानकारी दिए । शुक्रबार सर्वोच्च अदालतले सभापति रवि लामिछानेलाई थुनमुक्त […]

  रोल्पा । लिबाङ अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र अधिकार सुनिश्चित गर्न अपाङ्गमैत्री संरचना निर्माणसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम आज रोल्पाको लिबाङमा सम्पन्न भएको छ। रोल्पा नेत्रहीन संघको आयोजनामा तथा सामाजिक विकास डिभिजन कार्यालय, प्युठानको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रम संघका अध्यक्ष धना घर्ती मगरको अध्यक्षतामा सुरु भएको हो। कार्यक्रमका प्रमुख अतिथि रोल्पा नगरपालिका उपमेयर गीता आचार्य रहनुभएको […]

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा गएराती निधन काठमाडौं । भारत गएराति उनको निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन्। उनको निधनको कारण खुलेको छैन। मुकुल देवले ‘दस्तक’ (१९९६) मार्फत बलिउडमा डेब्यु गरेका थिए। यो फिल्म अभिनेत्री सुष्मिता सेनको पनि डेब्यु थियो। उनले ‘सन अफ सरदार’, ‘आर… राजकुमार’, ‘जय हो’, ‘हिम्मतवाला’, ‘इत्तेफाक’ जस्ता […]

error: Content is protected !!