२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

अनलाइन जुवा खेलाउने ४ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, भाद्र ०७, २०७९

 

ABC (क्राईमबिट)
काठमाडौँ । झापामा कन्सलटेन्सीको नाममा जुवा खेलाएको आरोपमा ४ जना पक्राउ परेका छन् ।

नेपालमा प्रतिबन्धित वान बेट एप्लिकेशन मार्फत गेम खेलाउने र नक्कली सरकारी कागजात बनाउने गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्रेको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दमक-८ मा रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक २५ वर्षीय सतप्रकाश साह र दमक नगरपालिका-७ का २७ वर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सञ्चालक कमल गाउँपालिका-२ का ३० वर्षीय अरुण कार्की र ब्रिटिस आर्मी ट्रेनिङका सञ्चालक दमक-८ का ३३ वर्षीय राजु लिम्बु पक्राउ परेका हुन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको रिट समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्रेको हो ।

प्रहरीका अनुसार पक्राउ परेको समूहले अनलाइन गेम खेलाउँदै आएको थियो । अनलाइन गेम खेल्न चाहाने व्यक्तिको नागरिकता लिने र सोही नागरिकताबाट एनसेलको सिम कार्ड झिकेर सट्टाबाजीको लागि इसेवा आइडी खोली रकम सङ्कलन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

कन्सल्टेन्सीमा आउने विद्यार्थीहरूको प्रयोगको लागि विभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरूको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्रसमेत बनाउने गरेको अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले प्रयोग भएका २७९ र प्रयोग नभएका ४५ थान एनसेलको सिम, १९ वटा मोबाइल, ल्यापटपलगायत सामग्री बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

error: Content is protected !!