२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सरकारले २४ जना सहसचिवको सरुवा गर्‍यो

Logo
प्रकाशित मंगलबार, भाद्र ०७, २०७९


(ABC-Sanchar)
काठमाडौँ । सरकारले २४ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार खेलकुद मन्त्रालय गण्डकी प्रदेशका सचिव अण प्रसाद न्यौपानेलाई सोही प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा सरुवा गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशका प्रदेशका प्रमुख सचिव झक्क प्रसाद आचार्य र सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका कृष्ण प्रसाद ज्ञवाली र प्रदेश नीति तथा योजना आयोग जनकपुरका केशव प्रसाद विमलीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाईमा सरुवा गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका विदुर प्रसाद खनाललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका नारायण प्रसाद सापकोटालाई भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका ध्रुव राज पण्डितलाई महिला बालबालिकाका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ ।

यस्तै चितवन महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम बन्धु सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा संघीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका ज्ञान प्रसाद ढकाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पर्यटन तथा संस्कृति मन्त्रालय प्रदेश १ का प्रदेश सचिव ईश्वर कुमार गिरिलाई सोही प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा सरुवा गरिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयका प्रदेश सचिव ओम बहादुर खड्कालाई बागमती प्रदेश प्रमुखको कार्यालय, ऊर्जा, जल स्रोत तथा सिँचाइ मन्त्रालयका राम कुमार श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेश, वन तथा वातावरण मन्त्रालयका उद्धव बहादुर घिमिरेलाई वन वातावरण तथा भू–संरक्षण मन्त्रालय लुम्बिनी प्रदेश, र वेद कुमार ढकाललाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव दिवेशमणी त्रिपाठी वन तथा वातावरण मन्त्रालयमा, कृषि तथा पशुपक्षी विकाश मन्त्रालयका सहदेव प्रसाद हुमागाईँ भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेश, भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेशका प्रदेश सचिव डा. हरि बहादुर केसी कृषि तथा पशुपक्षी विकाश मन्त्रालय, कृषि तथा पशुपक्षी विकाश मन्त्रालयका कृष्ण प्रसाद धिताल पर्यटन तथा संस्कृति मन्त्रालय प्रदेश १, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशका प्रदेश सचिव यमलाल भुसाल महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएका छन् ।

प्रशासनलाई प्राप्त विवरण अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. १ का बागमती प्रदेश सचिव काली प्रसाद पराजुली कृषि तथा पशुपक्षी विकाश मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय बागमती प्रदेशका प्रदेश सचिव शिवराम न्यौपाने युवा तथा खेलकुद मन्त्रालय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका राम शरण सापकोटा महिला बालबालिका तथा युवा खेलकुद मन्त्रालय मधेस प्रदेमा सरुवा भएका छन् ।

पहिलो सुचीअनुसार दुई दर्जन बढी सरुवा गरेको सरकारले केही दिनमै थप सहसचिवको सरुवा गर्दैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!