२९ माघ २०८१, मंगलबार
11-02-2025 , Tue
×

दाङमा बन्द गराउँदै डिड्ने ८ जना बन्दकर्ताहरु पक्राउ

Logo
प्रकाशित मंगलबार, भाद्र ०७, २०७९


ABC (क्राईमबिट)
दाङ । प्रहरीले घोराही र तुलसीपुरबाट ४/४ जनालाई नियन्त्रणमा लिएको हो । घोराही-१६ सर्रामा पसल बन्द गराउँदै हिड्ने चार जना र तुलसीपुरको बिरेन्द्र चोकमा सवारी साधान अवरोध गर्ने चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घोराहीबाट अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक खुमन पौडेलसहित ४ जना पक्राउ परेका छन् । शान्तिपूणर् ढंगले बन्द गराउन सडकमा गएका विद्यार्थी नेताहरूलाई प्रहरीले बिना कारण पक्राउ गर्नु निन्दनीय कार्य भएको र पक्राउ गरिएका ४ जनालाई निःसर्त यथासिघ्र रिहाई गर्नुपर्ने नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगरका इन्चार्ज निर्मल केसीले बताउनुभयो ।

यस्तै तुलसीपुरबाट .हेमन्त प्रकाश वली, संजय वली, सुदर्शन र दिपेन्द्र चार जना पक्राउ परेको जिल्ला इन्चार्ज शितल वलीले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले चार जना बन्दकर्तालाई पक्राउ गरिएको अरु अवस्था सामान्य रहेको बताउनुभयो ।

चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महङ्गीकाविरुद्ध देशैभर आज बन्दको आह्वान गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कणर्जितले गत साउन २७ गते नै संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल प्रहरी प्रधान कार्यालय,नक्साल काठमाण्डौका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक प्रसाद राईद्वारा दाङ राप्‍ती गाँउपालिका वडा नं. ५ स्थित ईलाका प्रहरी कार्यालय सिसहनिया दाङको परिसरमा नव-निर्मित कार्यालय भवनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि एआईजी राईद्वारा ईलाका प्रहरी कार्यालय सिसहनियाको अवलोकन निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको मातहत समेतबाट सम्पादन गरिएका कार्यसम्पादनहरुको समिक्षा एवं आगामी कार्ययोजना सम्बन्धि छलफल गरीएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की लागायत बाँके जिल्ला मातहत प्रहरी इकाई प्रमुखहरुको उपस्थिती रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

  काठमाडौं । मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले ‘ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशीलाई उन्मुक्ति दिइएको’ विषयमा प्रश्न गर्दा एसएसपी अधिकारीले भने, ‘हामीलाई पार्टीसँग कुनै सरोकार छैन।’ उनले घटनामा संलग्न पाँच जनामाथि अनुसन्धान अघि बढाइएको र थप संलग्नता देखिए ‘एक हजार प्रतिशत कारबाही’ गरिने प्रतिबद्धता जनाए। गत बिहीबार नेकपा […]

error: Content is protected !!