२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

काठमाडौंमा नेपाल यातायातको बसमा बन्द कर्ताहरुबाट तोडफोड

Logo
प्रकाशित मंगलबार, भाद्र ०७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । अनामनगरबाट बानेश्वर जाँदै गरेको बा। ४ ख ९०८९ नम्बरको बस बन्दकर्ताले तोडफोड गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले ढुंगा प्रहार गर्दा बसको पछाडिको भागमा क्षति पुगेको छ । आफ्ना नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि विप्लव नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको आयोजना गरेको हो ।

बन्दकर्ताले कोटेश्वरमा एउटा माइक्रो र एउटा बस पनि तोडफोड गरेका छन् । सार्वजनिक सवारी तोडफोड गर्नेहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

error: Content is protected !!