२५ भाद्र २०८१, मंगलबार
10-09-2024 , Tue
×

बन्दको मौकामा आफ्नै टिप्परमा आगो लगाउने ३ जना दाङ प्रहरीको फन्दामा

Logo
प्रकाशित मंगलबार, भाद्र ०७, २०७९

(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले बन्दको बहानामा आफ्नै टिप्परमा आगो लगाउने टिप्पर मालिक चालक र सहचालकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुइरेपानीस्थित बबइखोलाको पुल नजिक गोग्लीबाट लमहीतर्फ जादै गरेको रा १ ख १६९४ नम्बरको खाली टिप्परमा आगजानी भएको थियो ।

नेपाल बन्दको क्रममा टिप्पर जलेकाले शुरुमा बन्दकर्ताले जलाएको अनुमान गरिए पनि अनुसन्धान गर्दा टिप्पर धनिकै निर्देशनमा चालक र सहचालकले जलाएको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

दाङ प्रहरीले टिप्पर धनि जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १८ बस्ने बर्ष ४३ को धनेश्वर भण्डारी, दाङ राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरिया निवासी ३२ बर्षका चालक अरुण चौधरी र दाङ गढवा गाउँपालिका ७ चन्दनपुर निवासी १७ बर्षे सहचालक आकाश चौधरीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

उनीहरुविरुद्ध मुलुकी अपराध (संहिता) २०७४ अन्तरगत आपराधिक लाभ तथा आगजनी गरेको अपराध आकर्षित भएको हुदा सोही बमोजिम अनुसन्धान कार्य अगााडि बढाइएको दाङका प्रहरी प्रमुख एसपी काफ्लेले बताए ।

यस्तो छ प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष

प्रहरीका अनुसार एक्कासी नाम थर वतन नखुलेका बन्दकर्ताहरुले चालक तथा सहचालक समेतलाई टिप्परबाट तल झारी उक्त टिप्परमा आगजनी गरी फरार भएको भन्ने जानकारी प्राप्त पश्चात उक्त स्थानमा प्रहरी चौकी गोग्ली दाङका इन्चार्ज बत्तिकुमार पोख्रेलको कमाण्डमा ३ जना र वडा प्रहरी कार्यालय घोराही दाङबाट प्रनि गजेन्द्रबहादुर शाहीको कमाण्डमा ७ जनाको टोली दमकलसहित उक्त स्थानमा खटिई गई आगो नियन्त्रणमा लिई उक्त टिप्परका धनि, सवारी चालक र सहचालक समेतलाई सोधपुछको लागि जिल्लामा ल्याइएकोमा प्रारम्भिक अनुसन्धान पश्चात उक्त टिप्परका धनि धनेश्वर भण्डारी स्वयंले टिप्पर पुरानो भइ जीर्ण भइसकेकोले बिमा दाबीका लागि उक्त टिप्परमा आगो लगाउन चालक अरूण चौधरीलाई निर्देशन दिएकोले चालक अरूण चौधरी र सहचालक आकाश चौधरी समेतले उक्त टिप्परमा डिजेल खन्याई आगो लगाएको खुल्न आएकोले निज धनेश्वर भण्डारी, अरूण चौधरी र आकाश चौधरीलाई पक्राउ गरी निजहरू उपर आपराधिक लाभ शिर्षकमा मुद्दा दर्ता भई अनुसन्धान कार्य जारी रहेको दाङ प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही जिल्ला तथा विभिन्न युनिटका डीएसपीहरुको सरुवा तयारी थालिएको छ। सरुवाको गृहकार्य भैरहेको र केही दिनमै सरुवा हुने स्रोतको दाबी छ। यस्तै डीएसपीपछि एसपीहरुको पनि सरुवाका लागि गृहकार्य थालिएको छ। डीएसपीपछि एसपीहरुको सरुवा हुनेछ। यसैक्रममा सरुवा–बढुवामा अत्याधिक चलखेल हुन थालेको पाइएको छ। चलखेल हुन थालेपछि प्रहरी महानिरीक्षक […]

  दाङ । कुनै समय थियो, साविकको राप्ती अञ्चलका पाँच जिल्ला लगायतका अन्य जिल्लाहरुबाट नुन भुटुन जस्ता अत्यावश्यक वस्तुको जोहो कोइलावास बजारमा गर्ने गरिन्थ्यो । त्यो बेला कोइलावास निकै चर्चित थियो, अत्यन्तै चहलपहल पनि ।कालान्तरमा विशेषगरी कपिलवस्तुको कृष्णनगर बढ्नी नाका सञ्चालनमा आएपछि केही दशकभित्र यो बजार खण्डहर र भग्नावशेष बन्दै गयो । तर पछिल्ला वर्षहरुमा […]

  काठमाडौं । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई सो दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराए। राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ। सिग्देललाई राष्ट्रपति पौडेलले भदौ १२ गते नै प्रधानसेनापति पदमा आजबाट लागु हुने गरी नियुक्त गरेका […]

error: Content is protected !!