२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

अचम्मको देश जापान सरकारले युवाहरूलाई धेरै रक्सी पिउन अनुरोध

Logo
प्रकाशित बुधबार, भाद्र ०८, २०७९

(ABC-Sanchar)
काठमाडौं । धूम्रपान तथा मद्यमान स्वास्थ्यका लागि हानिकारक हुने हुनाले सरकारले आफ्ना जनतालाई त्यसको लतबाट टाढा राख्न चाहन्छन् । तर, जापान सरकारले भने आफ्नो देशका युवाहरूलाई बढीभन्दा बढी मदिरा पिउन अपिल गरेको छ ।

मदिराको बिक्री घट्न थालेपछि बिक्री बढाउन जापान सरकारले साका भिभा नामक अभियान सुरु गरेको हो । जापानको राष्ट्रिय कर एजेन्सीले सुरु गरेको उक्त अभियान अन्तरगत २० देखि ३९ वर्ष उमेरका युवाहरू मदिरा उद्योगको पुनरुत्थानका लागि नयाँ अवधारणाका साथ अगाडि आउने अपेक्षा गरिएको छ ।

उक्त अभियानमा युवाहरूलाई जापानी सेक, शोचु, ह्वीस्की, बियर तथा वाइनको खपत बढाउने व्यवसायिक योजनासाथ अगाडि आउन अनुरोध गरिएको छ ।

एजेन्सीका अनुसार जापानमा घट्दो जन्मदर, बढ्दो पाको जनसंख्या तथा कोरोना भाइरस महामारीका कारण मदिराजन्य पेय पदार्थको खपत घटिरहेको छ ।

सरकारको पछिल्लो अभियानले युवाहरूलाई मदिराजन्य पेय पदार्थलाई युवा पुस्तामाझ प्रवर्द्धन गर्नका लागि व्यवसायिक योजनासाथ अगाडि आउन उत्प्रेरित गर्ने विश्वास छ ।

आम मानिसमा मदिराको सेवन बढाउन सहयोग गर्नका लागि आर्टिफिसियल इन्टेलिजेन्स तथा मेटाभर्सलगायतका अत्याधुनिक प्रविधिको प्रयोग समेत गरिने कर एजेन्सीको भनाइ छ ।

तथापि युवाहरूमा मदिराको सेवन बढाउने सरकारी अभियानप्रति आम जापानीहरूको प्रतिक्रिया उतिसारो उत्साहप्रद भने छैन ।

जापानमा युवापुस्ताले उनीहरूको अभिभावक पुस्ताले भन्दा कम मद्यमान गर्ने गरेका छन्ज, जसका कारण मदिराबाट उठ्ने करमा निकै कमी आएको छ ।

कर एजेन्सीको रिपोर्ट अनुसार जापानीहरूले खपत गर्ने मदिरा सन् १९९५ को तुलनामा सन् २०२० मा घटेको छ । हरेक जापानी वयस्क व्यक्तिले सन् १९९५ मा औसतमा वार्षिक १०० लिटर मदिरा पिउने गरेकोमा सन् २०२० मा ७५ लिटरमा झरेको छ ।

मदिराको खपत घटेसँगै मदिराबाट उठ्ने करको रकममा पनि कमी आएको छ । सन् १९८० मा जापान सरकारले संकलन गर्ने कुल वार्षिक करमा मदिराको करको हिस्सा ५ प्रतिशत रहेकोमा हाल त्यो घटेर १.७ प्रतिशतमा झरेको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

error: Content is protected !!