(ABC-Sanchar)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ ।
काठमाडौँ मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन थालेको हो ।
महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ ।
मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाएको हो ।