२९ भाद्र २०८१, शनिबार
14-09-2024 , Sat
×

दाङको देवीकोट भद्राक्षीदेवी मन्दिरमा चमत्कार भक्तजनहरु वृद्धि जन्मदेखि नबोल्नेहरु बोल्दै

Logo
प्रकाशित बुधबार, भाद्र ०८, २०७९

(सागर थापा)
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ९ देउखुरीस्थित देवीकोटमा रहेको भद्राक्षीदेवी मन्दिर एक शक्तिपिठ हुन ।

देवीकोट अन्य ठाउँ भन्दा निकै विकट क्षेत्रमा पर्छ । सामान्य सडक र विद्युत् पुगे पनि राम्रोसंग सञ्चार सेवा पुग्न सकेको छैन । जसका कारण त्यो क्षेत्र अझै पनि ओझेलमा छ ।

पूर्व–पश्चिम राजमार्गदेखि करीब आठ किलोमिटर पूर्वतिरको उकालो यात्रापछि मात्र देवीकोट पुग्न सकिन्छ । पहाडको चुचुरेमा अवस्थित देवीकोटको भद्राक्षीदेवी मन्दिर परिसरमा पछिल्लो समय आन्तरिक पर्यटकको आउजाउ बढेसँगै नयाँ–नयाँ संरचना निमार्ण पनि भइरहेका छन् भने कतिपय निर्माण प्रक्रियामा रहेका छन् ।

किम्बदन्ती अनुसार देवीकोटमा सत्यदेवीको बायाँ घुँडो पतन भएको हुँदा त्यहाँ भद्राक्षीदेवी उत्पत्ती भएको भन्ने जनविश्वास रहिआएको छ । यश मन्दिरमा आउने भक्तजनहरुको बच्चा नभएको पनि बच्चा हुने जन्म देखि बोल्न नसक्नेहरु पनि बोल्ने भएको मागेको मनोकामना पुरा भएको मन्दिरका पूजारी लीलाबहादुर कार्कीका अनुसार सत्ययुगदेखि नै देवीकोटमा भद्राक्षीदेवीको पूजाआराधाना हुँदै आएको छ ।

भद्राक्षीदेवी मन्दिरमा पूजाआराधना र प्राकृतिक रमणीय दृष्यावलोकन गर्न हिजोआज आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्यधन पाण्डे बताउछन । “देवीकोटसम्म ठूला सवारी साधन नपुगे पनि साना सवारी साधन पुगेपछि साना गाडी अटो र मोटरसाइकलबाट भए पनि भक्तजन मन्दिरसम्म पुग्ने गरेका छन्”, उनले भने,सबै भन्दा धेरै समस्या बाटोको रहेको र राप्ती गाउँपालिकालाई पटकपटक जानकारी गराउदा पनि बेवास्ता गरेको बताए मन्दिर परिसर भित्र निर्माणका धेरै अपुग कामहरु छन जस्तै पर्खाल गेट भरेयाङ्ग लगायतको थुप्रै समस्या हरु रहेकोे र राप्ती गाउँपालिकाले सहयोगमा बेवास्ता गरेको अध्यक्ष पाण्डे बताउँछन् । “मन्दिर परिसरमा केही व्यक्तिले आफ्ना दिवङ्गत आफन्तका नाममा मन्दिर, खानेपानी, पर्खाल, प्रतिक्षालय निर्माणको काम गरेका छन् ।”

मन्दिर परिसरमा टाढाबाट आउने भक्तजनका लागि धर्मशाला, गणेश मन्दिर, शिव मन्दिरसमेत निर्माण गरिएको उनले बताए । अघिल्लो वर्षमा निकै थोरै व्यक्ति पैदलयात्रा गरेर जाने गरेको देवीकोटमा पछिल्लो समय मोटर बाटो पुगेपछि भने भक्तजन बढेका छन् । करीब तीन बिघा छ कठ्ठा क्षेत्रफलमा फैलिएको मन्दिर क्षेत्रमा विवाह मण्डप, हनुमान मन्दिर निमार्णाधीन अवस्थामा रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

देवीकोट दाङको चुरे श्रृङ्खलाको ऐतिहासिकस्थल हो । यस ठाउँमा पुगेपछि ऐतिहासिक अध्ययनका धेरै कुरा भेटिन्छन् । मन्दिरको पूर्वतर्फ घोरेवास भन्ने गाउँ छ । यस घोरेबासमा भुरेटाकुरे राजाका समयमा अड्डा अदालत र गोश्वारा कार्यालयसमेत रहेका स्थायीनवासीको भनाइ छ । मन्दिरको उत्तरतर्फ छाउनीटोला भन्ने गाउँ छ । कुनै समयमा सेनाको छाउनी रहेकाले अहिले उक्त गाउँलाई छाउन टोला नामकरण भएको स्थानीयहरु बताउछन ।

देवीकोटबाट देउखुरी उपत्यकाको दृष्यावलोकन गर्न सकिन्छ । देवीकोटको पहाडबाट उत्तरतर्फका हिमशङ्खला, महाभारत शृंखलाका पहाड र दक्षिणतर्फ देउखुरीको समतल भू–भाग तथा भारतको सीमा क्षेत्रको भू–भागसमेत हेर्न सकिन्छ । गाउँपालिकाभित्र ऐतिहासिक, धार्मिक र साँस्कृतिक धरोहर धेरै छन् । कतिपय प्राकृतिक सम्पदाको अध्ययन गर्न नै बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बझाङ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ३६ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो । भूकम्पको धक्का बझाङ र आसपासका क्षेत्रमा सामान्य महसुस भएको बताइएको छ ।

  बाँके । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत(हाल नेपालगंज) मा “नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)” निरीक्षणको लागि यस केन्द्रमा पाल्नु भएका तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी समेतको समितिद्वारा यस केन्द्रको निरीक्षण सम्पन्न भयो । साथै उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी ज्यूले यस केन्द्रमा […]

  काठमाडौं । उच्च अदालत, पाटनले उनलाई बिहीबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। धरौटी बुझाएर उनी छुटेका छन्। यसअघि जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको थियो। आफ्नै घरमा काम गर्न राखेकी बालिकाले इन्सपेक्टर शिवाकोटीमाथि बलात्कारको उजुरी दिएकी थिइन्। ती बालिकालाई काठमाडौं महानगरपालिकाको बाल कल्याण समितिले गत जेठमा उद्धार गरेको थियो। […]

error: Content is protected !!