२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

एकै परिवारको ३ जनाको हत्या खुकुरीसहित १ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, भाद्र १७, २०७९


ABC (क्राईमबिट)
उदयपुर । बेलका नगरपालिकामा एकै परिवारका तीनजनाको बीभत्स हत्या भएको छ । बेलका–७ मा स्थानीय ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीय सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको बीभत्स हत्या भएको प्रदेश–१ प्रहरी प्रवक्ता एसपी नविनराज राईले बताए ।

उनीहरूको शव खोलामा भेटिएको थियो । राजकुमारका दाइ नाता पर्ने व्यक्तिले तीनैजनाको हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी सुदिप गिरीले जानकारी दिए । ‘घटनामा संलग्न मुख्य मान्छेलाई पक्राउ गरिएको छ,’ डिआइजी गिरीले भने ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता तथा डिएसपी राकेश कुमार पोदारका अनुसार हत्यामा संलग्न भएको आशंकामा एकजनालाई खुकुरीसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नरबहादुर बस्नेत रहेका छन् । पारिवारिक विवादको कारणले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!